एकै पटक ३ वटा सहकारी सम्मानित

राष्ट्रिय सहकारी बैंकद्धारा ३ वटा सहकारी संस्थाहरु सम्मानित भएका छन् । बैंकको थप शेयर खरिद गरेको अवसरमा न्युरोडमा रहेको मिलन बहुउद्देश्यी सहकारी संस्था, शुक्रपथ बहुउद्देश्यी सहकारी संस्था र क्षेत्रपाटीमा रहेको क्यापिटल सेभिङ एण्ड क्रेडिटको को अपरेटिभ लिमिटेडलाई सम्मान गरिएको छ । उक्त सम्मानित कार्यक्रममा बैंकका संचालक के.बी उप्रेती , नायब महाप्रबन्धक बद्रीकुमार गुरागाई, सहायक प्रबन्धक हरिकृष्ण सापकोट सम्पूर्ण विभागका विभागिय प्रमुख लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सहकारीहरुको प्रतिनिधहरुमा मिलन सहकारीका तर्फबाट दिनेश बज्रचार्य, क्यापिटल सहकारीका दिनेश पौडेल शुक्रपथ सहकारीबाट नीरहरी उपाध्यायले सम्मान ग्रहण गरेको जनाईएको छ ।

Leave a Reply