२१ वटा सहकारीले प्राप्त गरे प्रोवेशन ब्राण्ड


नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कूनका) का सदस्य भएका बचत तथा ऋण सहकारी संस्थाहरुको नेपाल स्तरको ब्राण्डिङ पूर्ण तथा व्यवसाययिक साकोस विकास कार्यक्रम (प्रोबेशन) को आ.व.२०७४÷०७५ को अन्तिम परीक्षणको नतिजा प्रकाशन गरिसकेको छ ।
प्रोबेशनमा सहभागी हुने नेपालका ३१ बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये २१ वटा सहकारी संस्थाले प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । संघको पौष ५ र ६ गते सम्पन्न हुन गईरहेको २७ औं साधारणसभाबाट उक्त सहकारी संस्थाहरुलाई ब्राण्ड प्रदान गरिने नेफ्स्कुनले जनाएको छ । प्रोबेशन ब्राण्ड प्राप्त गर्ने संस्थाहरुमा कोलिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देही , ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपरासी, ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सल्यान, चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवन, जन उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देही, नव प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपरासी, नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रौतहट, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडचितवन, परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपरासी, महिला अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुर, महिला जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुर, महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुर, महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुर, लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपरासी, शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखा,. सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपरासी, सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दिया, सिनर्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलबस्तु, सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड दाङ रहेका छन् ।

Leave a Reply