लालीगुराँसको १९ औं बार्षिक साधारण सभा
ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा तथा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भईसकेको छ । उद्घाटन सभामा बोल्दै सभामुख महराले मुलुकको आर्थिका विकासको लागि सहकारीले गरेको योगदानको विषयमा स्पष्ट धारणा राख्दै उक्त संस्थाले गरेको सफलताको बारेमा ब्याख्या गरेका थिए ।
कार्यक्रममा ं राष्ट्रिय सहाकारी महासंघका अध्यक्ष केशव वडाल, राजेन्द्र पाण्डे, , पुर्व अर्थ राज्यमन्त्री उदय शम्सेर राणा, नेपाली काग्रसका प्रमुख सचेतक वालकृष्ण खाँड, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडल, लगायतले शुभकामना मन्तब्य ब्यक्त राखेका थिए ।।
संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर २८ वटा वाणिज्य बैंकहरु पछि दोश्रो ठूलो वित्तिय कारोबार सहकारी संघ संस्थाहरु रहेको बताए ।
देशभर ७० लाख भन्दा बढी नागरिकहरुले सहकारी संस्थाहरुको सदस्यता लिएको उल्लख गर्दै स्थानिय तहमा युवा, महिला लगायत बृद्धबृद्धाहरु समेत सहकारीमा आवद्ध भई उत्पादन, शिक्षा, स्वास्थ्य, पशुपालन लगायतका उद्यमशिलताको कार्यहरु सहकारी संस्थाहरुको माध्यमबाट भएका जानकारी गराए ।
संस्थाको मुख्य लगानीमा ताल्छिलेखमा लालीगुराँस हस्पिटल, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज, चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. तथा अन्य क्षेत्र तर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट ट्रेडिङ्ग कम्पनी प्रा.लि. संचालन गरेको उनले बताए ।
साधारण सभामा २५ संस्थापक संचालक, ५ पुर्व अध्यक्ष, जेष्ठ नागरिक २१ जना, एस.इ.इ.मा उत्कृष्ट ल्याउने १५ विद्यार्थीहरुलाई सम्मानित गरेको थियो ।
