काठमाडौंमा सहकारी शिक्षा कार्यक्रम शुरु

काठमाडौं महानगरपालिका र जिल्ला सहकारी संघ लि. , काठमाडौंको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका अन्तर्गतका सहकारी संस्थाहरुका लागि सहकारी ऐन कार्यान्वयनका लागि आजबाट सहकारी शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम शुरु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई र राष्ट्रिय सहकारी बैंक लि. का प्रतिनिधि तथा सम्बन्धित वडाका वडा अध्यक्षको विशेष आतिथ्यतामा कालिमाटीमा काठमाडौं महानगरपालिकाका १२,१३,१४ र १५ नं. वडाका १९५ वटा सहकारी संस्थाहरुका अध्यक्ष , सञ्चालक तथा प्रवन्धकको कार्यक्रममा सहभागी रहेको काठमाडौ महानगरपालिकाका सहकारी विभाग प्रमुख नवराज ढकालले बताए । त्यसै गरी भोलि काठमाडौं महानगरपालिकाको २,३ र ४ नं. वडाका सहकारी संस्थाहरुको धुम्बाराहीमा सो कार्यक्रम हुने र बाँकी ३ स्थानमा हुने कार्यक्रमको मिति पछि तय हुने र यी सबै कार्यक्रमहरूमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष वा प्रतिनिधि , राष्ट्रिय सहकारी बैंक लि. का प्रतिनिधि र सम्वन्धित वडाका वडा अध्यक्षहरु विशेष अतिथि रहने का.म.न.पा. सहकारी विभाग प्रमुख ढकालको भनाई छ ।
यसैगरी आज विहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका सहकारी संस्थाहरुका लागि बुढानिलकण्ड नगरपालिकाका मेयर…., जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई लगायतको विशेष उपस्थितिमा सहकारी शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ ।

Leave a Reply