बालकोट सहकारीको १७औं साधारणसभा सम्पन्न , यसका शेयर सदस्य ३६२७ जना पुगे

भक्तपुरको सुर्यविनायक न.पा.- २ , बालकोटमा रहेको बालकोट बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारणसभा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष निरोजकुमार कार्कीको अध्यक्षतामा आज सम्पन्न भयो । त्यस अवसरमा अध्यक्ष कार्कीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै २०५९ बैशाख ९ गते २७ जनाको समूह मिली स्थापना गरिएको यस संस्थाले ऋण लगानीका लागि सुरक्षित क्षेत्र खोजी गरी सामाजिक आवश्यकता हेरी शिक्षा , स्वास्थ्य , कृषि , वैदेशिक रोजगार , घरेलु व्यवसाय ,सवारी साधन घरेलु ऋणका साथै सार्वजनिक यातायातमा लगानी गरी ऋण प्रवास गर्दै लगिएको बताए । यस संस्थाको कार्यक्षेत्र विस्तार गर्दै सूर्यविनायक नगरपालिकाका सम्पूर्ण वडा समेटिने बताउदै उनले आवश्यकता हेरी सदस्यहरुलाई विशेष तालिम प्रदान गरी आय आर्जन कार्यमा सदस्यहरुलाई सक्रिय बनाउने बताए ।  संस्थाको भवन निर्माण गर्न गत आर्थिक वर्ष २०७४/७५ मा सु.न.पा.- २ , बालकोट धारापाटीसँगै कित्ता नं. १०९३ र१०४५ को १३ आना जग्मागा मध्ये बाटोको मापदण्ड कटाई ७ आना जग्गा खरिद गरिएकोमा संस्थालाई अझ पायक पर्ने गरी संस्थाको कार्यालय नजिकै सु.न.पा.- २ बालकोट चोकमा बाटोको मापदण्ड कटाई ०-४-० आना जग्गा रु. १,३५,३७,५०० मा खरीद गरिएको र त्यहाँ संस्थाको भवन निर्माणको लागि तयारी गरिने बताए । संस्थाका सचिव विजया शर्मा कोइरालाले ३,६२७ जना शेयर रहेको यस संस्थामा आर्थिक वर्ष २०७४/७५ शेयर पूँजी रु. २,४५,५०,८०० , बचत निक्षेप रु.२९,१२,५१०९७, ऋण लगानी रु.२९,३५,२०,५६०, कुल दायित्व र सम्पति रु.३४,४३,८८,९६१ , आम्दानी रु.४,०३,५५,४१३र खुद बचत रु.५७,३८,३२० रहेको बताइन् । त्यसैगरी संस्थाका कोषाध्यक्ष जयराज पौडेलले “बालकोट सहकारीमा आवद्धता , तपाईको आर्थिक – सामाजिक विकास हाम्रो प्रतिवद्धता” भन्ने मूल मन्त्र लिएर स्थापना भएको यस संस्थाको आर्थिक गतिविधि बृद्धि गर्दै सदस्यको हित अनि समाज र राष्ट्रप्रति संस्था जिम्मेवार रहेको बताए । आगामी वर्षको अन्त्यसम्ममा यस संस्थाको शेयर सदस्य ३,८०० पु-याउने लक्ष्य रहेको र २०७५ माघ १५ गतेसम्म शेयर खरिद गर्ने सदस्यलाई २०७५/७६ को साधारण सभामा ६ महिनाको शेयर बोनस वितरण गरिने बताउदै उनले भक्तपुरको कौशलटार-बालकोट – विरुवा सडक खण्ड हरियाली बनाउने उद्देश्यले शुरु गरिएको सडक हरियाली आयोजनामा ३० वटा विरुवाका लागि रु.४५,००० सहयोग गरिएको र सो अभियान सफल बनाउन सक्रिय रहने बताए ।

सो अवसरमा २०७४ सालको एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने श्री महेन्द्र मा.वि. बालकोटका छात्रा निरुता लामा र सिरुटार मा.वि. सिरुटारका छात्रा सलिना नेपालीलाई जनही रु.२००० तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका प्रतिनिधि लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

 

जिल्ला सहकारी संघ लि. , भक्तपुरको साधारणसभा सकियो

जिल्ला सहकारी संघ लि. भक्तपुरको वार्षिक साधारण सभा सो संघका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा हिजो भक्तपुरको तलेजु बैङ्क्वेटमा सम्पन्न भयो । त्यस अवसरमा संघका अध्यक्ष क्षेष्ठले सो संघको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

Leave a Reply