सहकारी बैंकको सञ्चालकमा उम्मेद्वार बन्न तयार छु

मनोज भण्डारी , कोषाध्यक्ष , जिल्ला सहकारी संघ लि. ,काठमाडौं

राष्ट्रिय सहकारी बैंक लि.को १५औं वार्षिक साधारणसभा यही आउदो पुस २१र २२ गते सम्पन्न हुन गइरहेको छ । यो साधारणसभा नयाँ नेतृत्व चयन सहितको भएकोले यतिबेला यो बैंकको साधारणसभा नजिकिदै जाँदा यसको सरगर्मी पनि बढिरहेको छ । यस बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल र बिगत १५ वर्षदेखि यस बैंकको प्रवन्ध सञ्चालक रहेका के.पी. उप्रेतीले यो बैंकको अध्यक्ष पदमा उम्मेद्वार बन्न इच्छा प्रकट गरेका खबर पनि सार्वजनिक भइरहेका छन् । यस बैंकको नेतृत्वका सन्दर्भमा  कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि.गोंगबू , काठमाडौका अध्यक्ष समेत रहेका मनोज भण्डारीसँगको कुराकानीको अंश ।

राष्ट्रिय सहकारी बैंक लि.को नयाँ नेतृत्व कस्तो हुनुपर्छ ?

राष्ट्रिय सहकारी बैंक लिमिटेडको नेतृत्व समावेशी हुनुपर्छ । जिल्ला सहकारी संघ लि. , काठमाडौं र सहकारी क्षेत्रमा काम गरेको लामो अनुभवका कारण राष्ट्रिय सहकारी बैंक लि. को सञ्चालकमा आफू रहन योग्य भएकोले यस बैंकको १५औं साधारणसभामा यस पदमा उम्मेद्वारको रुपमा म उभिन तयार छु ।

तपाई सञ्चालक भएमा यो बैंकलाई प्रगतिपथमा अगाडि बढाउने योजना के छ ?

(१) म राष्ट्रिय सहकारी बैंक लि.को सञ्चालक भएमा यस बैंकलाई अझ योभन्दा माथि उठाउनको लागि विभिन्न किसिमका तालिमहरुको आयोजना गर्ने र सहकारीको प्रवर्द्धन गर्दै यो बैंक नपुगेका ठाउँहरुमा यसलाई पु-याई यसका सदस्यहरु १० हजारबाट बढाएर २५ हजार पु-याउने उद्धेश्यका साथ काम गर्नेछु ।(२) यो बैंकलाई शेयर पूँजी , निक्षेप र कर्जाको हैसियतले नेपालको सबैभन्दा ठूलो बैंक बनाउने र सहकारीको माध्यबाट गरिबी निवारण गर्न तल्लिन रहने छु ।

Leave a Reply