हामी कृषि क्षेत्रमा लगानी गर्ने योजनामा छौँ

 

 

वशन्तकुमार राई , अध्यक्ष , मेरुङ बहुउद्देश्यीय सहकारी संस्था लि.

 

ललितपुर महानगरपालिका -१४ , ताल्छिखेलमा रहेको मेरुङ बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष वशन्तकुमार राई जोसिला युवा सहकारीकर्मी हुनुहुन्छ । उहाँसँग हिजो सहकारी सञ्जालले कुराकानी गरेको थियो । त्यो कुराकानीको अंश यसप्रकार छ ।

यतिबेला के गर्दै हुनुहन्छ ?

– हामीले यस मेरुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को गएको पुस १४ गते तेस्रो वार्षिक साधारणसभा सम्पन्न ग-यौँ ।

यो सहकारी संस्थथाको अवस्था कस्तो छ ?

–  ललितपुर जिल्ला भर कार्यक्षेत्र भएको यस सहकारी संस्थामा ९३५ जना सदस्यहरु छन् । यसको शेयर पूँजी रु. ८५ लाख , निक्षेप रु. ७० लाख , कर्जा रु.९३ लाख र खुद आम्दानी रु. १६ लाख छ । हामीले धितोमा व्यवसायिकका साथै घर जग्गामा पनि सानोतिनो कर्जा  लगानी गरेका छौँ । चालु आ.व. को शुरुवातपछि यस सहकारी संस्थाका सदस्यहरुलाई सुविधा होस् भनी IME , Prabhu , Himal , City express , IPay , Western Union , Samsara र GNE रेमिट सेवा शुरु गरेका छौं ।

संस्थाको आगामी योजना के छ ?

– हामीले ललितपुर जिल्लाको ग्रामीण भेगमा जग्गा लिएर कृषि क्षेत्रमा लगानी गर्ने योजना बनाएका छौँ । ट्राउट माछा पालन ,  च्याऊ उत्पादन , कुखुरा , हाँस , बंगुर र बाख्रा पालन , दुग्ध पदार्थ संकलन र सप्लाई गर्ने , अर्गानिक खाद्यन्न उत्पादनमा लगानी गर्ने र वीऊ वीजन उत्पादनको क्षेत्रमा काम गर्ने हाम्रो योजना छ  तर अहिलेको सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई अफ्ठ्यारो बनाएको छ । अझ सहकारी नियमावली समयमा नआउदा त सहकारी क्षेत्र झनै समस्यामा छ । सरकारले सहकारी ऐन तथा नियमावली सहकारी मैत्री बनाओस्  साथै उसले सहकारी सूचना केन्द्र सञ्चालनमा ल्याउने बताएको छ तर कार्यान्वयनमा ल्याएको छैन ।  यो सञ्चालनमा आई दिए कुन व्यक्तिले कुन सहकारी संस्थाबाट सहकारी कारोवारका हिसाबमा कति ऋण लिएको छ भन्ने कुरा सजिलै थाहा पाउन सकिने थियो । यो सूचना केन्द्र तत्काल सञ्चालनमा आओस् । सहकारी संस्थालाई अनिवार्य के.वाई.सी.( KYC) फारम भराउने कुरा सुनिएको छ । यो राम्रो कुरा हो । यसको कार्यान्वयन चाडो होस् ।

राष्ट्रिय सहकारी बैंक लि.को १५ओं वार्षिक साधारणसभा हुदैछ , यसबारेमा केही भन्नु छ ?

-राष्ट्रिय सहकारी बैंक लि. सञ्चालनमा रहेकाले सहकारी संस्थालाई कारोवार गर्न सजिलो भा’छ । यो बैंक भएकाले सहकारी संस्थालाई मानिसहरुले यिनको पनि बैंक छ भनेर विश्वास गर्ने वातावरण बनेको छ । यो बैंक अझै सशक्त र व्यवस्थित बनोस् । यो बैंकमा सहकारी संस्थाले मात्रै कारोवार गर्न पाउछ । यसमा सहकारी संस्थाको अध्यक्ष या पदाधिकारीले पनि शेयर हाल्न र सहकारी बैंकको व्याज दरमा कारोवार      गर्न पाउने व्यवस्था भइदिए राम्रो हुनेथियो ।

 

Leave a Reply