रहेनन् कलाकार लामिछाने
विगत लामो समयदेखि अस्वस्थ भई उपचाररत कलाकार बुद्धिकृष्ण लामिछानेको हिजो दिउशो निधन भयो । भक्तपुरको बागेश्वरीका स्थायी बासिन्दा लामिछानेको आफ्नै घरछेउको स्थानीय घाटमा हिजै पार्थिव शरीर अन्त्यष्टि गरियो । उहाँका श्रीमतीका अतिरिक्त विवाहित ४ छोरीहरु र १ छोरा छन् ।
उहाँले पिढीमा बसेर….. , घाँस काट्नु खुर्केर ……जस्ता कर्णप्रिय गीतहरु गाउनु भएको छ ।
सहकारी सञ्जाल परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
