मनाए तमु ल्होसार गुरुङ समुदायले
तमु गुरुङहरुले आज तमु ल्होसार अर्थात नयाँ वर्ष धुमधामका साथ मनाए । आजबाट कुकुर वर्ग सकिएर मृग वर्ग शुरुवात भएको विश्वास गर्छन् उनीहरु । राजधानीमा रहेका गुरुङ समुदायले यस वर्ष पनि काठमाडौंको टुडिखेलमा हिजैदेखि जम्मा भएर एक अर्कामा खुशियाली साटेका थिए भने काठमाडौं उपत्यका बाहिरका गण्डकी प्रदेश लगायतका गुरुङहरुको बसोबास भएका सबै ठाउहरुमा ल्होसार मनाएका खबर प्राप्त भएका छन् ।
