जडिबुटीमा प्रहरी बिटको सञ्चालन शुरु भो


काठमाडौ महानगरपालिका -३२ , जडीबुटी चोकमा आज विहानबाट प्रहरी बिट सञ्चालनमा आएको छ ।  वरिष्ठ प्रहरी उपरीक्षक वशन्त लामाले एक समारोहका बीच आज विहान सो प्रहरी बिटको उद्घाटन गरेका थिए । सो अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक लामाले यो प्रहरी बिट सञ्चालनमा आएसँगै जडीबुटी र आसपासका क्षेत्रको शान्ति सुरक्षा कायम गर्न धेरै सजिलो हुने बताए । रु.२ लाख लागतमा सो बिट निर्माण भएको बताइएको छ ।

Leave a Reply