प्रपर्टी इन्स्योरेन्स लागू गर्दै बीमा समिति
बीमा समितिले आउने माग १ गतेबाट प्रपर्टी इन्स्योरेन्स कार्यक्रम लागू गर्ने भएको छ । अग्नि बीमा कार्यक्रमलाई विस्थापित गरी यो कार्यक्रम गर्न लागेकाले यसको दरहरु परिमार्जन हुने बीमा समितिका सूचना अधिकारी पूजन ढुंगेलले बताइन् । अग्नि ,भूकम्प , बाढी , पहिरो लगायत प्राकृतिक प्रकोप तथा उद्योगलाई यो वार्षिक कार्यक्रमले समेट्ने भएकोले यसबाट बीमाको दायरा बढ्ने विश्वास लिएको उनको भनाई छ । निर्जीवन बीमा कम्पनीले गर्ने यस कार्यक्रम अन्तर्गतको ग्राहस्थ बीमा आतंकबादसहित गर्दा प्रति हजार रुपैयाको ५० पैसा र आतंकवादरहित गर्दा प्रति हजार रुपैयाको ४० पैसा लाग्ने सूचना अधिकारी ढुंगेलको कथन छ ।
