निरपुर गणेश साकोसको ९औँ वार्षिक साधारणसभा सम्पन्न
भक्तपुरको निकोसेरामा रहेको निरपुर गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा सो संस्थाका अध्यक्ष विष्णुप्रसाद लोहलाको अध्यक्षतामा यही पुस २८ गते सम्पन्न भयो । त्यस संस्थाका सचिव प्रकाश धोबञ्जारले सञ्चालन र लेखा सुपरीबेक्षण समिति संयोजक शंकर कर्ण कायस्थले स्वागत गरेको सादारणसभामा अध्यक्ष लोहलाले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै समुदायमा आधारित रही सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरिरहेको यस संस्थाले सहकारी शिक्षा सम्बन्धी कार्यक्रम र बाल अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने बताए । आर्थिक वर्ष २०७४/७५ मा यस संस्थामा सदस्य ४४४ , शेयर पूँजी रु. २०,६२,१०० , निक्षेप बचत रु.८९, ८४, ३२२ , कर्जा लगानी रु.६३,५६,०८९ रहेको उनको भनाई छ ।
