मनासलु सहकारीको १९औं साधारणसभा सम्पन्न

 

ललितपुर म.न.पा.-२० , पूर्णचण्डीमार्गमा रहेको मनासलु बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभा भूतपूर्व गृह राज्यमन्त्री तथा सहकारी अभियान्ता दीपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष राजेन्द्र पौड्यालको अध्यक्षतामा गत शनिवार सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि बास्कोटाले यस मनासलु बहुउद्देश्यीय सहकारी संस्थाले गरिरहेको प्रगति देख्ता आफूलाई खुशी लागेको उल्लेख गर्दै सहकारी क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याइरहेकोले यस क्षेत्रको विकास र प्रवर्द्धनमा राज्य सम्वेदनशील बन्नुपर्ने खाँचो औल्याए । त्यस अवसरमा अध्यक्ष पौड्यालले २०५६  साल मंसिर २९ गते २८ व्यक्तिहरुबाट शुरु भएको यो संस्था समुदायको पहिचान  बनेको उल्लेख गर्दै यसबेला यसको एक सुविधा सम्पन्न भवन , अत्याधुनिक कम्प्यूटराइज प्रविधि , २२५० जना प्रतिवद्ध सदस्य , २१ जना कर्मचारीको समूह , स्पष्ट भिजन , मिसन र बहुउद्देश्यीय योजनाका साथ ललितपुर जिल्लाभरी कार्यक्षेत्र बनाएर आफ्ना सदस्यहरुको हितलाई मध्यनजर गरी सफलतापूर्वक  कार्य  गरिरहेको बताए । नेपाल सरकारले गरेको व्यवस्था अनुरुप बहुउद्देश्यीय सहकारीहरुबाट सिमेन्ट विक्रीका लागि राखेको प्राथमिकता बमोजिम यस संस्थाले हेटौडा सिमेन्ट कारखानासँग सम्झौता गरी डिलरसीप लिएको र यस वर्षको सो कारोवारबाट रु.६०,००० खुद आम्दानी भएको उनले जानकारी गराए । उनले आर्थिक वर्ष २०७४/७५ मा यस संस्थाको शेयर पूँजी रु.४,६३,७७,८०० , ४,७०२ जनाको बचत  संकल रु.३३,९४,४४,७३.१४ , ३१८ जना सदस्यहरुलाई रु.३८,७६,८२,६९७.५४ कर्जा लगानी गरेको बताए । संस्थाकी कोषाध्यक्ष मीना ताम्राकारले गत वर्षको तुलनामा यस वर्ष संस्थामा सदस्यता ८.२९ प्रतिशत , शेयर पूँजी ८.४१ प्रतिशत , बचत निक्षेप ९,७९ प्रतिशत , सदस्यहरुलाई लगानी गरिएको कर्जा १६,४५ प्रतिशत  , तरलता १८,६६ प्रतिशत र कूल सम्पति 

१५.७९ प्रतिशतले बृद्धि भएको बताइन् ।

Leave a Reply