कुम्मेश्वर महिला सहकारीको ८औं साधारणसभा सम्पन्न , इ-बैंकिङ्ग सेवा शुभारम्भ
ललितपुर महानगरपालिका -११ , कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. को ८औं वार्षिक साधारणसभा गएको पुस १३ गते जिल्ला सहकारी संघ लि. , ललितपुरका सचिव रामहरि बजगाईको प्रमुख आतिथ्यता र संस्थाकी अध्यक्ष बिन्जु खड्गीको अध्यक्षतामा सम्पन्न भयो । सो अवसरमा त्यस सहकारी संस्थाको इ-बैंकिङ्ग कार्यक्रमको प्रमुख अतिथि बजगाई र अध्यक्ष खड्गीबाट शुभारम्भ गरियो । त्यस अवसरमा प्रमुख अतिथि बजगाईले यस कुम्भेश्ववर महिला साकोसले छोटो समयमा धेरै प्रगति गर्न सफल भएको कार्यले आफूलाई खुशी लागेको बताए । जिल्ला सहकारी संघ लि. , ललितपुरले सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्दो प्रयास गरिरहेको उनको भनाई थियो । सो अवसरमा अध्यक्ष खड्गीले २५ जना संस्थापक रहेको यस सहकारी संस्थामा आर्थिक वर्ष २०७४/७५ मा ४८९ जना शेयर सदस्य रहेका र आ.व. २०७५/७६ मा ६५० जना शेयर सदस्य पु-याउने योजना रहेको बताइन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २३औं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा यो संस्था ललितपुर महानगरपालिका क्षेत्रबाट बचत तथा ऋण प्रकृतिको कारोवार गर्ने सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहकारी संस्थाको रुपमा छनौट भई पुरस्कृत भएको उल्लेख गर्दै उनले यस संस्थाले स्वदेश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्सको कार्यलाई सहज रुपले प्राप्ती र भुक्तानीको लागि IME , Prabhu , Himal , Western Union मनिट्रान्सफर लगायत रेमिट्यान्स कम्पनी मार्फत सेवा यसै आर्थिक वर्षबाट सञ्चाालनमा ल्याइएको बताइन् । विद्युत महशुल , टेलिफोन , ए.डी.एस.एल. तथा मोवाइल रिचार्ज , डिस होम र Domestic plan ticket समेत यस संस्थाको मोवाइल बैंकिङ्ग प्रयोग गरी आफ्नो खाताबाट विल भुक्तानी गर्न सकिने उनको भनाई छ । सो संंस्थाकी सचिव सफलता खड्गीले यस सहकारी संस्थाको स्थापना दिवसको उपलक्ष्यमा रक्तदान तथा स्वास्थ्य शिवीर सञ्चालन गर्ने , सीप विकास तालिम सञ्चालन गर्ने र राष्ट्रिय सहकारी बैंक लि.मार्फत लघुवित्त कर्जा रु. १ करोड माग गरी पुन: लिने र वेरोजगारी , विपन्न वर्ग , कृषि पेशामा आवद्ध र साना व्यवसाय गरेका सदस्यहरुका लागि लघुवित्त/ व्यवसायिक कर्जा कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताइन् ।त्यस संस्थाकी कोषाध्यक्ष शान्त लक्ष्मी खड्गीले आर्थिक वर्ष २०७४/७५ मा यस संस्थामा शेयर पूँजी रु.५४,८१,१०० , जगेडा तथा अन्य कोष रु.१२,२५,९२७, निक्षेप रु.४,७७,८४,५६२ र कर्जा तथा लगानी रु.६,०१,१०,८०२ रहेको बताइन् ।
त्यस अवसरमा उत्कृष्ट बचतकर्ता सानुमाया खड्गी तथा उत्कृष्ट ऋणी सुनिता राजथला र लक्ष्मी अवालेलाई सम्मान गरियो भने शेयर सदस्यहरु बीच भएको डोरगेम प्रतियोगितामा प्रथम हुने सरिना खड्गी , दोस्रो हुने ववितादेवी यादव , तेस्रो हुने मिश्रा श्रेष्ठका साथै नक्ककी खड्गी , सरु सुवेदी , मीना ढंगू , मलिना महर्जन , लक्ष्मी खड्गी र रेश्मा खड्गीलाई पुरस्कृत गरिएको थियो ।
