कर्मणा साकोसको १८औं वार्षिक साधारणसभा सम्पन्न , के.वी.उप्रेती सम्मानित

ललितपुर महानगरपालिका – १५ , सातदोबाटोमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि. को १८औँ वार्षिक साधारणसभा  गएको पुस १४ गते राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक के.बी. उप्रेतीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष कृष्णबहादुर महतको अध्यक्षतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि उप्रेतीले यस कर्मणा साकोसले आर्थिक तथा सामाजिक क्षेत्रमा पु-याई रहेको योगदानको प्रशंसा गर्दै सहकारी संस्थाहरु  बचत तथा ऋण कारोवारमा मात्रै सिमित नरही कृषि लगायतका उत्पादनमूलक क्षेत्रमा काम गर्ने सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.ले सक्दो सहयोग गर्ने बताए । यसैगरी जिल्ला सहकारी संघ लि. , ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले सहकारी क्षेत्रबाट सामाजिक , आर्थिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन सम्भव भएकोले सरकारले यस क्षेत्रको विकासमा ध्यान दिनु पर्ने आवश्यकता औल्याए । सो अवसरमा अध्यक्ष महतले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै  यस संस्थाको मुख्य धेय आफ्ना सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक विकास गर्ने रहेको र सहकारी ऐन , नियमानुसार सहकारी प्रशासनले समय समयमा दिने निर्देशन तथा सहकारी मापदण्डको परिपालना गर्दै संस्थाले सदस्यहरुबाट संकलन गरेको स्रोत साधनबाट सदस्यहरुलाई लक्षित गरी आर्थिक क्रियाकलाप सञ्चालन गरी प्रभावकारी सेवा प्रदान गरिरहेको बताए । राष्ट्रिय सहकारी बैंक लि. तथा अन्य वित्तीय संघ/संस्थाबाट लघुवित्त वा कम व्याजदरको लागतको ऋण लिई सदस्यहरुलाई लघु , मझौला तथा साना व्यापार र कृषि तथा उत्पादनजन्य कार्यका लागि लगानी गर्ने उनको भनाई थियो । संस्थाका सचिव गोपाल बजगाईले सञ्चालन र सस्थाका सञ्चालक चिरञ्जीवीमान प्रधानले स्वागत गरेको साधारणसभामा संस्थाका कोषाध्यक्ष सहदेव बञ्जाराले उक्त संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै २७ जना सदस्ययको २,७०० पूँजीबाट कारोवार शुरु भएको यस संस्थामा ९९७ जना सदस्य , रु.४०,२६,५३,३१९ कुल सम्पति रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०७४/७५ मा शेयर पूँजी रु.४,०८,६०,००० , ऋण लगानी रु.३२,५९,३८,२९२ , बचत रु. २४,१२,३९,६८० रहेको बताए ।

त्यस अवसरमा सो संस्थाका अध्यक्ष कृष्णबहादुर महतले प्रमुख अतिथि उप्रेतीलाई नाडाको उपाध्यक्षमा निर्वाचित भएकोमा खुशी प्रकट गरी सम्मान गरे । सो अवसरमा संस्थाका १० जना संस्थापक सञ्चालकहरु , ४ जना जेष्ठ नागरिकहरु र सो संस्थामा उत्कृष्ट कारोवार गर्ने १५ जना यसका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply