त:ननी साकोसको ८औँ वार्षिक साधारणसभा सम्पन्न
ललितपुर महानगरपालिका – ११ , त:ननीटोल , न्याढलमा रहेको त:ननी बचत तथा ऋण सहकारी संस्था लि. को ८औँ वार्षिक साधारणसभा ललितपुर महानगरपालिकाका उप -मेयर गीता सत्यालको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष अष्टलाल महर्जनको अध्यक्षतामा गएको पुस १४ गते सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि सापकोटाले यस त:ननी साकोसले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको चर्चा गर्दै यसले शैक्षिक गुणस्तर बृद्धिका लागि गरिरहेको योगदानको प्रशंसा गरिन् । उनले यस ललितपुर महानगरपालिकाले आफू अन्तर्गत रहेका सहकारी संस्थाहरुको अनुगमन र नियमन कार्य अगाडि बढाउने बताइन् । त्यस अवसरमा संस्थाका सचिब रत्नमान महर्जनले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै ३५ जना सदस्यहरुबाट कुल शेयर पूँजी रु.१,३५,००० , निक्षेप रु.४४,५५,१७३ र ऋण लगानी रु.२१,००,४७३ बाट शुभारम्भ भएको यस संस्थामा ५०० सदस्य रहेका , आर्थिक वर्ष २०७४/७५ मा यस संस्थाको शेयर पूँजी रु.३८,५०,००० , निक्षेप संकलन रु. ५,३४,७८,६२४.८९ , कर्जा प्रवाह रु.४.०१,४३,२४७ र सम्पति रु.७०,७८,११०.३९ रहेको बताए । त्यसैगरी संस्थाका कोषाध्यक्ष निरज महर्जनले “उद्यमशीलता , आर्थिक सफलता र दीगो सहकारिता” भन्ने नारालाई विगतका वर्षहरुबाट अनुशरण गरी कार्य योजना निर्माण हुदै आइरहेको र संस्थाका शेयर सदस्यहरुलाई लगानीको सुनिश्चितता , कर्जाको सही उपयोग र शेयर पूँजी सम्बन्धी विशेष अभिमुखीकरण तालिम मार्फत उनीहरुलाई सुसुचित र सक्षम बनाउने दृढ संकल्प लिएको उल्लेख गर्दै यस संस्थाले ऋणीहरुको थप वर्गीकरण गरी ” असल ऋणीलाई सम्मान र खराव ऋणीलाई लिलाम” नीति लिएको बताए ।
संस्थाका उपाध्यक्ष विकेश महर्जनले स्वागत र सञ्चालक समितिका मुख्य सदस्य सानु छोरी महर्जनले सञ्चालन गरेको साधारणसभामा संस्थाका वरिष्ठ सल्लाहकार सुरेशमान महर्जन , कानूनी सल्लाहकार अधिवक्ता लक्ष्मण महर्जन र सल्लाहकार कदमलाल महर्जनले सो साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । साधारणसभामा सो त:ननी बचत तथा ऋण सहकारी संस्था लि. समेत सदस्य रहेको एल: अन्तर सहकारी समन्वय समिति अन्तर्गतका माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. , कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. , सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लि. , सेटलमेण्ट बचत तथा ऋण सहकारी संस्था लि., प्रिन्स बचत तथा ऋण सहकारी संस्था लि. , विभूति बचत तथा ऋण सहकारी संस्था लि. उत्सर्ग बचत तथा ऋण सहकारी संस्था लि. र मनिडो बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधिहरुको पनि सो साधारणसभामा उपस्थिति रहेको थियो ।
त्यस अवसरमा प्रमुख अतिथि सत्याल र संस्थाका अध्यक्ष महर्जनले त्यस संस्थाका उत्कृष्ट बचतकर्ताहरु संजीव महर्जन , कृष्ण डंगोल र राम महर्जन , असल ऋणीहरु रीमा श्रेष्ठ , दीपेश बज्राचार्य र पूर्णबहादुर सिल्पकार , संस्थाका शेयर सदस्य तथा रथारोहण (जंकु) गरिएका जेष्ठ नागरिकहरु हेराकाजी महर्जन , तुलशीमाया महर्जन , शान्ती तण्डुकार र जीतलाल महर्जन , २०७४ सालको एस. ई.ई. परीक्षामा उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने शेयर सदस्यहरुका छोराछोरीहरु सम्येक महर्जन , अभिलाषा महर्जन , सीम्रन महर्जन , रीया महर्जन , रीशेष शाक्य , रेहान महर्जन , रीजा महर्जन र विनीशा कोइराला , सो संस्थाको रु. १ लाख बराबरको शेयर खरीद गर्ने त्यस संस्थाका सल्लाहकार सुरेशमान महर्जन , ज्यापु समाज यल:को सञ्चालक समिति सदस्यमा निर्वाचित शर्मीला महर्जन र साना तथा मझौला व्यवसाय महासंघ केन्द्रीय महिला उद्यमी समितिको सह-कोषाध्यक्षमा निर्वाचित अन्जना कालु महर्जनलाई बधाई तथा सम्मान गरे ।
