सहकारी बैंकको नेतृत्व सर्वसम्मत ढंगबाट चयन हुनुपर्दछ

जीवनकुमार राई , केन्द्रीय सदस्य , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. तथा अध्यक्ष , बाराही बहुउद्देश्यीय सहकारी संस्था लि. , नयाँबानेश्वर , काठमाडौं

अहिले सबै सहकारी संघ/ संस्थाहरुको एउटा मात्रै सहकारी बैंक छ । त्यसमा एकाधिकार छ । अहिले त सहकारीहरुको एउटा मात्रै बैंक भएकोले यो जसरी पनि चल्ला तर भोलि अरु पनि यस खाले बैंकहरु खोल्न दिने हो भने , तिनीहरु बीच प्रतिस्पर्धा हुदै गयो भने र यो बैंकमा पूर्ण रुपमा राजनीतिक प्रतिस्पर्धा हुदै गयो भने यसले सेवाग्राहीलाई प्रतिस्पर्धात्मक ढंगबाट राम्रोसँग सेवा दिन सक्तैन कि भन्ने हो ।

यो बैंकको १५ औं वार्षिक साधारणसभाबाट यसको नेतृत्व सर्बसम्मत ढंगबाट चयन हुनुपर्दछ । त्यसमा सहकारी बुझेका , सहकारी जानेका र सहकारी क्षेत्रमा योगदान गरेका मान्छेहरु भए राम्रो हुन्छ ।

सहकारी अभियान्ताहरुको मागलाई बेवास्ता गर्दै राज्यले सहकारी क्षेत्रको आवश्यकता र सहकारीकर्मीहरुको मर्म र भावनालाई ख्याल गर्नेभन्दा पनि बिग्रिएका ओरेण्टल को -अपरेटिभ जस्ता २/४ वटा सहकारीहरुलाई आधार बनाएर सहकारी ऐन , कानुन तथा मापदण्ड निर्माण गरेको छ । देशको अर्थतन्त्र सबल बन्न नसकिरहेको अवस्थामा यो सहकारीकर्मीहरुका लागि मात्रै नभई सिङ्गो देशको अर्थतन्त्रको लागि घातक छ । यसको मतलव सहकारीहरुलाई छाडा छोड्नु पर्छ भन्ने होइन । सरकारले सहकारीहरुलाई राम्रोसँग काम गर्ने वातावरण बनाउनुपर्छ ।

Leave a Reply