राष्ट्रिय सहकारी बैंकको नेतृत्व सर्बसम्मत ढंगले छानिनुपर्छ

गोविन्दप्रसाद शर्मा , सह-अध्यक्ष , नेशनल को-अपरेटर्स एलायन्स , नेपाल , केन्द्रीय समिति , काठमाडौं

राष्ट्रिय सहकारी बैंक लिमिटेडको नेतृत्व चयन सहकारी संस्थाको अध्यक्ष , प्रवन्ध सञ्चालक वा सी.ई.ओ. भई लामो समयसम्मको कार्य अनुभव भएको र संस्थालाई निरन्तर नाफामा लान सफल र विभिन्न तालिमहरुमा सहभागी भई अनुभव प्राप्त विज्ञ व्यक्तिहरु मध्येबाट सबैलाई मिलाएर सर्बसम्मत रुपमा चयन गर्नुपर्दछ । लगातार दुई पटकसम्म सो बैंकको अध्यक्ष वा सञ्चालक  भएको व्यक्ति पुन: सोही पदमा आउनु आवश्यक छैन । सहकारी वित्तीय प्रणालीको बारेमा चासो राखी लगावका साथ निरन्तर लागिरहेका नयाँ व्यक्तिहरु मध्येबाट नेतृत्व चयन गर्दा राम्रो हुन्छ । यसो गर्न सकेमा ‘ क’ श्रेणीको सफल कमर्सियल बैंक जस्तै यो बैंक सफल सहकारी बैंक बन्न सक्छ ।

राजनीतिक दलको जिम्मेवार नेतृत्व तहमा रहेको व्यक्ति राष्ट्रिय सहकारी बैंक लि. को नेतृत्वमा रहदा बैंकिङ्ग व्यवसायिकता हुदैन । त्यसैले राजनीतिक आस्था सबैको भएपनि राजनीतिक दलको जिम्मेवार पदमा रहेको व्यक्ति यो बैंकको जिम्मेवार पदमा मनोनित या चयन भएमा बैंकको नेतृत्वबाट अलग हुने अवस्था हुनुपर्दछ ।

Leave a Reply