सर्वसम्मत ढंगबाट नेतृत्व छनौट होस्

0 Shares

-रामशरण घिमिरे , अध्यक्ष , ललितपुर बचत तथा ऋण सहकारी संघ लि.

 

राष्ट्रिय सहकारी बैंक लि.सहकारी संघ/संस्थाहरुको एक मात्र बैंक हो । यसको १५ औं वार्षिक साधारणसभा सफल होस् । त्यसका लागि शुभकामना छ । यो साधारणसभा नेतृत्व छनौट सहितको साधारणसभा भएको कारणले वित्तीय कारोवार गर्ने र व्यवसायिक संस्थामा नेतृत्व छनौट सर्वसम्मत किसिमबाट सबै क्षेत्र समेट्ने गरी पूर्ण रुपमा व्यवसायिक किसिमले निष्पक्ष नेतृत्व छनौट हुनुपर्दछ । सहकारी क्षेत्रमा योगदान पु-याएका व्यक्तिहरुको सहभागिता पनि यो नेतृत्व छनौटमा महत्वपूर्ण भूमिका रहनुपर्छ ।

Leave a Reply