जिल्ला सहकारी संघ लि. , ललितपुरको २७औँ वार्षिक साधारणसभा सम्पन्न

जिल्ला सहकारी संघ लि., ललितपुरको २७औँ वार्षिक साधारणसभा सो जिल्ला संघका अध्यक्ष माधव दुलालको अध्यक्षतामा हिजो ललितपुरको थसिखेलमा सम्पन्न भयो । अध्यक्ष दुलाल र सो जिल्ला संघका सञ्चालकहरुले सामुहिक रुपमा साधारणसभा उद्घाटन गरेका थिए । त्यस अवसरमा अध्यक्ष दुलालले सो जिल्ला संघको वार्षिक प्रतिवेदन पेश गर्दै आर्थिक विकास सहित उद्यमशीलता , नेतृत्व विकास , रोजगारी सिर्जना , स्वरोजगार , सामाजिक एकीकरण , आपसी सद्भाव , उत्पादन , वितरण , सामाजिक विकास लगायतका विभिध पक्षमा सहकारीले गरेको योगदान महत्वपूर्ण रहेको , यसले सबै वर्ग र क्षेत्रका नागरिकहरुलाई भेदभावरहित समतामूलक व्यवहार गर्ने उल्लेख गर्दै सहकारी ऐन , २०७४ का केही बुँदाहरुमा सहकारी अभियानको अससमती रहेता पनि समग्रमा सहकारी ऐनले सहकारी अभियानको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताए । सहकारी नियमावली अभावले यो ऐन पूर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको र यो  ऐन पूर्ण रुपमा कार्यान्वयन नहुञ्जेल सहकारी अभियानमा केही अलमल र असहजता महशुस भइरहेकोले त्यसलाई हटाउन जतिसक्तो छिटो सहकारी नियमावली जारी हुनुपर्नेमा उनले जोड दिए ।

हाल ललितपुर जिल्लामा सहकारी विभाग अन्तर्गत १४ , प्रदेश नं. ३ अन्तर्गत ४२६ , ललितपुर महानगरपालिका अन्तर्गत ३४४ , गोदावारी नगरपालिका अन्तर्गत १२७ , महालक्ष्मी नगरपालिका अन्तर्गत ८६ , महाङ्काल गाउँपालिका अन्तर्गत ८० , वागमती गाउँपालिका अन्तर्गत ७० र कोन्ज्योसोम गाउँपालिका अन्तर्गत ४१ गरी ११८८ वटा सहकारी संघ/संस्थाहरु रहेको उनको भनाई छ । त्यस अवसरमा सञ्चालक समितिको तर्फबाट सो जिल्ला संघका सञ्चालक इन्द्र घिमिरेले  आर्थिक वर्ष २०७४/७५ मा यस संघका सदस्य ७४१ र शेयर पूँजी रु. ६५,७५,०००  तथा अन्तर लगानी कार्यक्रम अन्तर्गत बचत संकलन रु. १,९५,२१,७४७/९९ , कुल कर्जा लगानी रु. ९२,०७,२३६/१८ , व्याज तथा अन्य आम्दानी रु.५,९५,५९७/६९ , व्याज खर्च रु.५,१७,०५७/७० र बचत रु.७८,५३९/९९ रहेको बताए ।

Leave a Reply