गंगाजल बहुउद्देश्यीय सहकारी संस्थाको ८औ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

ललितपुरको कुमारीपाटी , मानभवनमा रहेको गंगाजल बहुउद्देश्यीय सहकारी संस्था लि.को ८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । त्यस अवसरमा सो संस्थाका अध्यक्ष निरबहादुर श्रेष्ठले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै   सहकारीताको भावनालाई आत्मसात गर्दै इमान्दारी , समझदारी र जिम्मेवारीको भावना सहित सहकारीका सिद्धान्तलाई पालना गर्दै यस क्षेत्रमा देखिएका विभिन्न समस्या र विभिन्न समयमा देखिएका तरलताको उतारचढाव , वित्तीय कारोवारमा देखिएको सुस्तता र राजनीतिक अन्यौलताले गर्दा समग्र वित्तीय बजारमा प्रत्यक्ष असर पारेको , कर्जा लगानी र असुलीमा बढ्दो लागत हुँदा हुँदै पनि  यस संस्थामा आबद्ध रहेका हामी सबैको सामुहिक प्रयत्नले यस संस्थालाई निरन्तर रुपमा नाफामा  लान सकिएको बताए । आर्थिक वर्ष २०७४/७५ यस संस्थामा शेयर पूँजी रु.१,६१,२९,३०० , निक्षेप संकलन रु.२०,८०,७१,१७१ , कुल आम्दानी रु.३,८९,११,४६८ , कर्जा तथा सापटी रु. १९,६४,७५,९१३ , कुल खर्च रु.३,४५,७९,४१९ र खुद नाफा रु.४३,३२,०४९ रहेको उनको भनाई छ ।

Leave a Reply