गन्तव्य साकोसको ८औँ वार्षिक साधारणसभा सम्पन्न , रमेश चौलागाई पुन: अध्यक्ष

ललितपुर महानगरपालिका – १४ , ताल्छिखेलमा रहेको गन्तव्य बचत तथा ऋण सहकारी संस्था लि. को ८औँ वार्षिक साधारणसभा जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुललाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष रमेशकुमार चौलागाईको अध्यक्षतामा हिजो सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि दुलालले यस गन्तव्य साकोसले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा गरिरहेको योगदानको प्रशंसा गर्दै सहकारीले सबैलाई समान व्यवहार गर्ने भएकोले   जाती , वर्ग , लिङ्ग  , क्षेत्र , रंग जस्ता  विभेद सहकारीको माध्यमबाट  समाप्त गरी समृद्ध देश बनाउन सकिने अवस्था रहेकोले राज्यले सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष जोड दिनु पर्ने आवश्यकता औल्याए । त्यस अवसरमा अध्यक्ष चौलागाईले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै  समुदायलाई मुख्य आधार मानी ‘हाम्रो संकल्प , गन्तव्य सहकारी नै पहिलो विकल्प’ भन्ने नारा लिएर ८ वर्ष अघि कारोवार शुरु गरेको यस सहकारी संस्थाले सहकारीका सिद्धान्त , मूल्य , मान्यता एवं नेपाल सरकारले बेला बेलामा जारी गर्ने मापदण्ड तथा  नीति निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै र सदस्यहरुको आपसी सहयोग र भावनात्मक सम्बन्धबाट  आफ्नो  उद्देश्यमा सपलता  हासिल गरिरहेको बताउदै यस संस्थाले जटिल तथा सम्बेदनशील स्वास्थ्य उपचार शीर्षकमा  प्रदान गर्ने स्वास्थ उपचार कर्जालाई अधिकतम रु.५०,००० सम्मको सीमामा लगानी गर्ने नीतिलाई निरन्तरता दिने , यस संस्थाका महिला सदस्यहरुलाई लक्षित गरी उनीहरुको आर्थिक तथाा सामाजिक रुपान्तरणका लागि महिला स-शक्तिकरण तथा उद्यमशीलता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै यस कार्यक्रमका लागि आवश्यक ऋण सहज रुपमा उपलव्ध गराउने नीतिलाई निरन्तरता दिइने , मध्यम तथा निम्न मध्यम वर्गीय शेयर सदस्यहरुलाई मध्यनजर गरी समूहमार्फत विभिन्न लघुवित्त कार्यक्रम तथा आवश्यकता अनुसार लघु कर्जाहरुलाई अझै विस्तार गरी सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिने , यस संस्थाका शेयर सदस्यहरुको परिलारलाई सुलभ रुपमा स्वास्थ्य सेवा लिनको लागि निश्चित रकम बराबरको बीमा गराउन प्रोत्साहन गर्ने र बीमा गराउदा लाग्ने प्रिमियम रकमको ५० प्रतिशत रकम यस संस्थाले प्रवन्ध मिलाउने र यस कार्यक्रममा सहभागी हुन यस संस्थामा सदस्य भई नियमित बचत गरेको र रु. २५,००० भन्दा बढी शेयर खरीद गरेको हुनुपर्ने व्यवस्था गरिएको र राज्यको निर्यातमुखी चाहनालाई मध्यनजर गर्दै सहकारी ऐन , २०७४ मा व्यवस्था भएको कारोवार र उद्देश्य मिल्ने खालको विभिन्न सहकारी संस्थाहरुसँग मिलेर उत्पादन सम्बन्धी प्रारम्भिक छलफल भएको र त्यस कार्यक्रमलाइ मूर्त रुप दिने दिशामा अगाडि बढ्ने बताए । संस्थाका सचिव श्रीप्रसाद बुढाथोकीको सञ्चालन र सञ्चालक श्रीप्रसाद गुरुङले स्वागत गरेको साधारणसभामा लेखा तथा सुपरीबेक्षण समिति संयोजक सूर्यप्रसाद शर्माले  आर्थिक वर्ष २०७४/७५ मा  यस संस्थामा शेयर सदस्य ४५६ जना ,  शेयर पूँजी रु.१,२३,४४,५०० , निक्षेप रु. ६,२८,००,०३५/०५ , कर्जा लगानी रु. ५,४८,७८,७२१ , जगेडा तथा अन्य कोष रु. २७,४०,२९१ , स्थीर सम्पति रु.४,५१,६६४/७० र कूल कारोवार हिसाव रु.८,३३,८०,५६५/३३ रहेको बताए ।

त्यस अवसरमा प्रमुख अतिथि दुलाल र अध्यक्ष चौलागाईले संस्थाका उत्कृष्ट बचतकर्ता पार्वती सापकोटा र जमुना गुरुङ तथा उत्कृष्ट ऋणी रामजीप्रसाद सुवेदी र भुवन गुरुङलाई सम्मान गरे ।

सो साधारणसभाले संस्थाका बहालवाला अध्यक्ष रमेशकुमार चौलागाईलाई पुन: सो संस्थाको अर्को कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । सर्वसम्मत ढंगबाट चयन भएको छ समितिको नयाँ सञ्चालक समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमश: विनेशध्वज बस्नेत , श्रीप्रसाद गुरुङ र उद्धव चौलागाई तथा सदस्यहरुमा केशव गजुरेल , नीला तिमिल्सिना , इन्दिरा घिमिरे , जानुका घिमिरे  र सुशिला फूयाल रहेका छन् भने लेखा समिति संयोजकमा छत्रमानसिंह थापा तथा सदस्यहरु विनोद ढुंगाना र राधीकादेवी अधिकारी रहेका छन् ।

 

Leave a Reply