१५ प्रतिशत लाभांश दिएका छौँ
-गणेशबहादुर खत्री , सचिव / प्रवन्ध सञ्चालक , कालीगण्ककी सेभिङ एण्ड क्रेडिट को -अपरेटिभ लि. , गोंगबू , काठमाडौं
कालीगण्डकीको सेरोफेरोका सदस्यहरुले सञ्चालन गरेको यस कालीगण्डकी सेभिङ एण्ड क्रेडिट को -अपरेटिभ लिमिटेडले गएको भदौ ३० गते सम्पन्न आफ्नो १३औँ वार्षिक साधारणसभाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णयलाई कार्यान्वयन गरेको छ । । यस संस्थामा ८५० जना शेयर सदस्यहरु , रु. ३ करोड ६० लाख शेयर पूँजी , रु.३६ करोड निक्षेप , रु.३४ करोड कर्जा लगानी तथा आर्थिक वर्ष २०७४/७५ मा कूल कारोवार रु. ४३ करोड भई संस्थाको खुद नाफा रु.७२ लाख रहेको छ । हामी यस संस्थाका सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।
राज्य पक्षले नै सहकारी ऐन , २०७४ कार्यान्वयन नगरेकाले यो ऐन विवादरहित बन्न सकेको छैन । यसलाई सहकारीमैत्री बनाएर कार्यान्वयन गर्नु जरुरी छ ।
