सहकारी बैंकको अध्यक्षमा के.बी. उप्रेती विजयी

0 Shares

नयाँ नेतृत्व चयन गर्दै अस्तीको दिनबाट शुरु भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा हिजो साझ सकिएको छ । ४ वर्षे कार्यकाल रहने गरी सो बैंकको अध्यक्ष पदमा के.बी. उप्रेती , खुल्ला सञ्चालकमा केदार मानन्धर , रामहरि बजगाई , ध्रुवनारायण यादव र माधवलाल देवकोटा , खुला महिला सञ्चालकमा अमृता सुब्बा , सरिता तिम्सिना भट्टराई र पार्वती थापा मगर तथा  १ नं.प्रदेशकातर्फबाट महेन्द्र गिरी , २ नं. प्रदेशकातर्फबाट विश्वनाथ मण्डल , ३ नं. प्रदेशकातर्फबाट ज्ञानबहादुर तामाङ ,  गण्डकी प्रदेशकातर्फबाट रामबहादुर जी.सी. ,  ५ नं. प्रदेशकातर्फबाट विजया धिताल , कर्णाली प्रदेशकातर्फबाट हरिहरनाथ योगी र सुदूर पश्चिम प्रदेशकातर्फबाट शीला थापा सञ्चालकमा निर्वाचित भएका छन् । यसैगरी सो बैंकको लेखा सुपरीवेक्षण समिति संयोजकमा लक्ष्मीप्रसाद उप्रेती , महिला सदस्यमा तारा गुरुङ र खुल्ला सदस्यमा मित्रराज दवाडी निर्वाचित भएका छन् । अध्यक्ष ,  तथा खुल्ला र कर्णाली प्रदेशतर्फका सञ्चालक बाहेकका सञ्लाक तथा लेखा सुपरीबेक्षण समितिका संयोजक र सदस्य निर्विरोध निर्वाचित भएका दिए । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण , राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडाल तथा सो महासंघका लेखा सुपरीबेक्षण समिति संयोजक धर्मदत्त देवकोटा र ३ नं. प्रदेशका सभासद पशुपति चौलागाईको सामुहिक प्रयत्नबाट नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) र नेपाली काँग्रेसबीच सहकारी बैंकको नेतृत्व सर्वसम्मत बनाउने सहमती भएको थियो । जसमा बैंकको ४ वटा सञ्चालक र १ लेखा सुपरीबेक्षण समिति सदस्य नेपाली काँग्रेसले र  लिने उनीहरु वीच सहमती भएको थियो तर अध्यक्ष पदमा के.बी. उप्रेती विरुद्ध रमेश घिमिरेले तथा  ४ खुल्ला सञ्चालक  पदमा केदार मानन्धर , रामहरि बजगाई , ध्रुवनारायण यादव , माधवलाल देवकोटा , ध्रुवप्रसाद खनाल र मीठाराम शर्मा बजगाईले  तथा कर्णाली  प्रदेशतर्फको  १ सञ्चालक पदमा हरिहरनाथ योगी र भीमबहादुर पराजुलीले उम्मेद्वारी दिएपछि ती पदमा हिजो दिउशो निर्वाचन भएको थियो । जसमा अध्यक्ष पदमा के.वी. उप्रेतीले ३४१५ तथा रमेश घिमिरेले २३७ , खुल्ला सञ्चालकमा केदार मानन्धरले ३४१३ , रामहरि बजगाईले ३३८२ , ध्रुवनारायण यादवले ३१४३ माधवलाल देवकोटाले ३०९८ , ध्रुवप्रसाद खनालले ९९६ र मीठाराम शर्मा बजगाईले ८१३ तथा कर्णाली प्रदेशतर्फका सञ्चालकमा हरिहरनाथ योगी ३२४९ र भीमबहादुर पराजुलीले ५१० मत प्राप्त गरेका दिए ।

सो निर्वाचन गराउन रामचन्द्र सिंखडाको नेतृत्वमा निर्वाचन उपसमित गठन गरिएको थियो । त्यो समितिले निर्वाचन कार्यक्रम सञ्चालन गरेको थियो । राम , लक्ष्मणले बनाएको विद्युतीय भोटिङ मेसिनबाट निर्वाचन गरिएको थियो । निर्वाचन उपसमितिले हिजै साझ नवनिर्वाचित अध्यक्ष , सञ्चालक तथा लेखा सुपरीबेक्षण समिति संयोजक र सदस्यलाई  सफथ ग्रहण गराई विजयी प्रमाणपत्र वितरण गरेको थियो । परम्परागत व्यहोराको सफथ पढी उनीहरूले सफथग्रहण गरेका थिए ।

बैंकका नवनिर्वाचित अध्यक्ष उप्रेतीले सहकारीको सिद्धान्तलाई पूर्ण रुपमा पालना गरी आफ्नो ४ वर्षे कार्यकालमा यस बैंकको शेयर सदस्य , शेयर पूँजी तथा कारोवार दोब्बरले बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । नव निर्वाचित सो टीमलाई नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण , सो बैंकका नि:वर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल , राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडाल , सो महासंघका लेखा सुपरीबेक्षण संयोजक धर्मदत्त देवकोटा , प्रदेश सभासदहरु पशुपति चौलागाई , केशवप्रसाद पोखरेल , प्रभा कोइराला र राधा घलेले बधाई दिएका थिए ।

सहकारी सञ्जाल परिवार राष्ट्रिय सहकारी बैंक लि. को नवनिर्वाचित अध्यक्ष , सञ्चालक तथा लेखा सुपरीबेक्षण समिति संयोजक र सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सो टीमको कार्यकाल सफलताताको शुभकामना व्यक्त गर्दछ ।

Leave a Reply