गाम्चा साकोसले ग-यो – सहकारी शिक्षा सम्बन्धी अन्तर्क्रिया
भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले यही पुस २१ गते सहकारी शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न ग-यो । सो संस्थाका अध्यक्ष विकाश खड्काको अध्यक्षतामा श्री अरनिको उच्च मा.वि. गाम्चा , भक्तपुरको सभाहलमा सो एक दिवसीय कार्यक्रम भएको थियो । सो संस्थाका सञ्चालक समिति , लेखा समिति , विभिन्न उप-समिति , कर्मचारीहरु तथा सो संस्थाबाट सञ्चालित लघुवित्त कार्यक्रममा आवद्ध ३५ वटा समूहका संयोजकहरुको उपस्थिति रहेको त्यस कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रशिक्षक तुलशीहरि प्रजापतिले सहकारी र लघुवित्त कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा अगाडि बढाउने भन्ने बारेमा प्रशिक्षण दिएका थिए । सो सस्थाका उपाध्यक्ष देवलाल राजथलाले स्वागत र सचिव विदुर खड्काले सञ्चालन गरेको कार्यक्रममा उक्त संस्थाका अध्यक्ष विकाश खड्काले यस संस्थाले वार्षिक रुपमा गर्ने सहकारी शिक्षा कार्यक्रम अन्तर्गतको यो कार्यक्रम यस सहकारी संस्थाबाट सञ्चालन भइरहेको लघुवित्त कार्यक्रममा आवद्ध सबै समूहहरुका संयोजक , यस सहकारी संस्थाका सदस्य र कर्मचारीहरुको वैचारिक क्षमता अभिबृद्धि गरी यस संस्थाको गतिविधिलाई अझै सशक्त ढंगबाट अगाडि बढाउने उद्देश्यले गरिएको बताए ।
