शुभश्री साकोसको ११औँ साधारणसभा सम्पन्न , रेमिटान्स सेवा सञ्चालन गरिने

भक्तपुरको मध्यपुर थीमि नगरपालिका -४ , शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ वार्षिक साधारणसभा नेफ्स्कुनका सञ्चालक  सदस्य  नानीकाजी शाक्यको प्रमुख आतिथ्यता र संस्थाका  अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षतामा यही पुस १४ गते सम्पन्न भयो । त्यस अवसरमा प्रमुख अतिथि शाक्यले  यस शुभश्री साकोसले  बचत तथा ऋण कारोवारसँगै सामाजिक , आर्थिक तथा संस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदानले आफूलाई खुशी लागेको उल्लेख गर्दै सहकारी संस्थाका सबै सदस्यहरु बचत सहितको आर्थिक  कार्यक्रममा सम्लग्न हुनुपर्नेमा संस्थाका  अधिकांस सदस्यहरुले त्यस्तो गरेको नदेखिएकोले सहकारी संस्थाका सबै सदस्यहरु बचत सहितको आर्थिक कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने बताए । भक्तपुर बचत तथा ऋज सहकारी संघ लि. का सञ्चालक सदस्य पञ्चकृष्ण श्रेष्ठले सहकारी संस्थाका सदस्यहरुको लागि सहकारी शिक्षा कार्यक्रम अति आवश्यक रहेको बताए । सो अवसरमा अध्यक्ष श्रेष्ठले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै ११ वर्ष अगाडि २७ जना शेयर सदस्यहरुको रु. १,७२,००० शेयर पूँँजीबाट सञ्चालन शुरु भएको यस संस्थाको आर्थिक वर्ष २०७४/७५ मा २५०१ जना शेयर सदस्य , ८ जना कर्मचारी र रु,४,३६,१९,८०० शेयर पूँजी रहेको बताउदै यस संस्थाले सामाजिक , आर्थिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताए । भक्तपुरको  मध्यपुर थीमि नगरपालिका तथा सोसँग जोडिएका साविकका गुण्डु , कटुञ्जे , दुवाकोट , दधिकोट , बालकोट , सिपाडोल र भक्तपुर नगरपालिकाको वडा नं. १७ कार्यक्षेत्र भएको र आफ्ना सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको यस संस्थाले  रेमिटान्स सेवा सञ्चालन गरी प्रभावकारी सेवा दिने तथा शेयर सदस्यहरुको सुविधाका लागि ई-बैंकिङ्ग तथा ए.टी.एम. सेवा विस्तार गर्ने बताए । संस्थाका उपाध्यक्ष श्यामकृष्ण कायस्ठले स्वागत , सचिव काशीभक्त कायस्ठले सञ्चालन र  सदस्य उत्तम श्रेष्ठले धन्यवाद ज्ञापन गरेको साधारणसभामा कोषाध्यक्ष रत्नमान श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै यस संस्थामा शेयर सदस्य २५०१ , शेयर पूँजी रु. ४,३६,१९,८०० , निक्षेप संकलन रु.२८,६७,०२ , ८९५ , कर्जा लगानी रु.२४,३४,३९,९३३ र खुद सम्पति रु. ६८,४८,४६४ रहेको बताए ।

त्यस अवसरमा २०७४ सालको एस.ई.ई. परीक्षा उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने सो संस्थाका  शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये छात्रातर्फ सुमिना वज्राचार्य र, छात्रतर्फ रसुत साहुखल र समीर बास श्रेष्ठ , संस्थाका शेयर सदस्यहरु खेलकुदतर्फ मन्देकाजी श्रेष्ठ , सनिश श्रेष्ठ र सन्जीव कोसधंजु , जेष्ठ  शेयर सदस्यहरु लक्ष्मीलाल साहु श्रेष्ठ र बाटुली पाध्या र संस्थालाई विशेष योगदान दिने शेयर सदस्यद्वय शर्मीला श्रेष्ठ र पूजा साहानी तथा  सो संस्थाकी उत्कृष्ट बाल बचतकर्ता दृष्टी श्रेष्ठलाई सम्मान गरियो ।

Leave a Reply