बालकुमारी साकोसको १८औँ वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा तुई चयन

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ४ , शंखधरचोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. को १८औँ वार्षिक साधारणसभा यही पुस २१ गते सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य उपेन्द्रबहादुर ढुङ्गानाको प्रमुख आतिथ्यता र सो सहकारी संस्थाका अध्यक्ष शिवकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । त्यस अवसरमा प्रमुख अतिथि ढुङ्गानाले यस बालकुमारी साकोसले समुदायमा आधारित रहेर आर्थिक तथा सामाजिक क्षेत्रमा पु-याइरहेको योगदान देख्ता आफूलाई साह्रै खुशी लागेको बताए । उनले यस सहकारी संस्थाले बचत तथा ऋण कारोवारमा मात्रै आफूलाई केन्द्रित नगरी अझै बढी समुदायलाई लाभ हुने कार्यक्रममा लाग्नु  पर्ने बताए । भक्तपुर बचत तथा ऋण सहकारी संघ लि. का कोषाध्यक्ष कान्छा भक्त घजुले यो बालकुमारी साकोस मध्यपुर थिमि नगरपालिकाको सबैभन्दा ठूलो सहकारी संस्था भएकोले यो संस्थाले के कस्तो काम गरिरहेको छ भनी हेरेर त्यसलाई आफूहरुले अनुशरण गर्ने गरेको बताए । नेफ्स्कुनका थिमि शाखाका प्रमुख रमेश घिमिरेले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने कार्यक्रमलाइ महत्व दिनु पर्ने बताए । त्यस अवसरमा संस्थाका अध्यक्ष श्रेष्ठले सो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०५७  साल असोज २ गते यस मध्यपुर थिमिमा आर्थिक उन्नयनका लागि केही गर्नुपर्दछ भनी २०५७ असोज  २ गते २८ जना सदस्यहरुले रु. ७ लाख जम्मा गरी  शुरु गरेको यो सहकारी संस्था यहाँहरुकै मार्गदर्शनबाट आज भक्तपुरकै विशिष्ट संस्थाको रुपमा स्थापित भएको उल्लेख गर्दै  यसले मध्यपुर थिमि न.पा. , सूर्यविनायक नगरपालिकाको साविकको दधिकोट , बालकोट , सिरुटार , गुण्डु , सिपाडोल र कटुञ्जे , चाँगुनारायण नगरपालिकाको साविकको दुवाकोट तथा भक्तपुर न.पा. को वडा नं.१७ मा रहेको आफ्नो कार्यक्षेत्र भित्रका आफ्ना सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै यहाँको समुदायमा आधारित भएर काम गरिरहेको बताए । संस्थाका उपाध्यक्ष पञ्चकृष्ण श्रेष्ठले स्वागत र सचिव तुईलाल श्रेष्ठले सञ्चालन गरेको साधारणसभामा संस्थाका कोषाध्यक्ष सूर्यलाल श्रेष्ठले सो संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै  आर्थिक वर्ष २०७४/७५ मा यस संस्थाका  शेयर सदस्य २१२५ जना महिला , २४९३ पुरुष र संस्थागत ५ गरी ४६२३ , शेयर पूँजी रु.६,८४,७६,७०० , बचत रु.१,०५,०३,०५,३५८/०५ , तरलता रु.३१,१५,५०,७६९/५४ , ऋण लगानी रु.८०,९०,००,४७६ , अन्य लगानी रु.३६,४६,६३८ ,  कुल आम्दानी रु. १५,१४,५८,०३२/७५ , खर्च रु.१३,५४,४१,७७३/८४ र सम्पति रु. ३,५७,७७,०११/८४ रहेको बताए ।

त्यस अवसरमा प्रमुख अतिथि ढुङ्गाना र अध्यक्ष श्रेष्ठले २०७४/७५ मा आयोजित तालिमका प्रशिक्षकहरु प्रकाशलाल श्रेष्ठ , शिव अधिकारी , दुर्गाप्रसाद ढकाल , रुपेश श्रेष्ठ , सजना नकर्मी , शर्मिला गौतम , उज्वल श्रेष्ठ , सुमित श्रेष्ठ , विजेन्द्र श्रेष्ठ , सत्यशीला कसजु र सन्ध्या सिलवाल तथा सो संस्थाका शेयर सदस्य  रहेका जेष्ठ नागरिकहरु  धनबहादुर माक श्रेष्ठ , मोहनलाल मानन्धर , दिलमाया छातावञ्जा श्रेष्ठ र हिरण्यमाया श्रेष्ठलाई सम्मान गरे । उनीहरूले श्री आदर्श मा.वि. लायकु , भक्तपुरका मीलन प्रजापती र सपना राजवाहकलाई बालकुमारी छात्रबृति जनही रु. ६/६०००  रुपैया तथा कदरपत्र प्रदान गर्नुका साथै शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७४ सालको एस.ई.ई.परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण  हुने सूर्यविनायक न.पा.-४ , दधिकोटमा रहेको मोर्डन वोर्डिङ ई. स्कुलका रिदेन श्रेष्ठ तथा मध्यपुर थिमि न.पा. -४ इकुदोलमा रहेको नौलो ज्योती ई.स्कुलका रिकी श्रेष्ठलाई नगद सहित सम्मान- पत्र प्रदान गरे ।

सो साधारणसभाले संस्थाका निर्वर्तमान सचिव तुईलाल क्षेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पञ्चकृष्ण श्रेष्ठ , सचिवमा पृथावीराम श्रेष्ठ , कोषाध्यक्षमा सुदीप श्रेष्ठ तथा सदस्यहरुमा शिवकृष्ण श्रेष्ठ , जीवनहरि श्रेष्ठ , जगतकृषण श्रेष्ठ , विशेश्वर श्रेष्ठ , रेनु श्रेष्ठ , भुवनचरण श्रेष्ठ र सुशिला साहु श्रेष्ठ , लेखा समिति संयोजक  जयलक्ष्मी श्रेष्ठ , लेखा समिति सदस्यमा श्यामलक्ष्मी श्रेष्ठ र राधिका श्रेष्ठ तथा ऋण उपसमिति सदस्यमाकृष्णदेव जोशी र सुनीलकुमार श्रेष्ठ रहेका छन् ।

Leave a Reply