कारोबार साकोसको ८औँ वार्षिक साधारणसभा सम्पन्न

102 Shares

ललितपुर महानगरपालिका – १५ , सातदौबाटोमा रहेको कारोबार बचत तथा ऋण सहकारी संस्था लि. को ८औँ वार्षिक साधारणसभा ललितपुर महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष सुदर्शन मिश्रको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष खडकबहादुर खरालको अध्यक्षतामा यही पुस २१ गते सातदोबाटोमा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि मिश्रले यस कारोवार बचत तथा ऋण सहकारी संस्थाले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरी समुदायमा आधारित रहेर कार्य गरी निरन्तर प्रगतिको बाटोमा अगाडि बढिरहेको देख्दा आफूलाई खुशी लागेको बताउदै यस सहकारीले बचत तथा ऋण कारोवाररसँगै उत्पादनमूलक कार्यमा पनि लाग्नु पर्ने बताए। सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफूले सक्दो प्रयास गर्ने उनको भनाई थियो । त्यस अवसरमा अध्यक्ष खरालले सो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै  सदस्यहरुको फजुल खर्चलाई बचतमा परिणत गरी त्यही बचतबाट सदस्यहरुलाई आर्थिक समून्नतीमा डो-याउने उद्देश्यले ८ वर्ष अगाडि स्थापना भएको यस संस्थामा आर्थिक वर्ष २०७४/७५ मा शेयर सदस्य ६९५ , शेयर पूँजी रु.६८,६३, ९०० , बचत संकलन रु. ४,८४,०२,४४७/१८  र लगानी रु.४,९७,१४,२२३ रहेको र संस्थाको भवन निर्माण कोषमा रु. १०,००,००० छुट्टाएको  बताए । निकै चुनोनौतिपूर्ण र प्रतिस्पर्धात्मक वर्तमान अवस्थामा सिमित स्रोत , साधन एवं असिमित सम्भावनाका साथ सदस्यहरु बीचमा छरिएर रहेको सानो – सानो पूँजीलाई जम्मा गरी आफ्नो खाँचो टार्दै उत्पादनमूलक कार्य मार्फत आफ्नो जीवनस्तर उकास्ने काममा सदस्यहरुलाई प्रेरित गर्दै यो संस्था अगाडि बढिरहेको उनको भनाई थियो । संस्थाको मानव संशाधन विकासमा कर्मचारीको वार्षिक कार्य सम्पादन मुल्यांकन गरी सोही बमोजिम निजहरुको स्तर , पारिश्रमिक एवं सुविधा बृद्धि गर्ने परिपाटी लिइएको उल्लेख गर्दै उनले यो संस्था सदैव योग्य , दक्ष , लगनशील र इमान्दार कर्मचारीहरु नियुक्ती गरी त्यस्ता कर्मचारीलाई संस्थाको सेवामा लागिरहन उत्प्रेरित गरिरहने र उनीहरुको सीप तथा क्षमता विकासको लागि आवश्यक तालिमको व्यवस्था गर्नुका साथै संस्थाको लगानीलाई विभिधिकरण गरी सदस्यहरुलाई प्रदान गरिने कर्जालाई व्यवस्थित गर्ने र बचत तथा कर्जा लगानीका व्याजदरहरुमा समय सापेक्ष परिवर्तन गरिने  बताए । संस्थाका कोषाध्यक्ष ध्रुवनारायण नेम्कुलले सो संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थाको निक्षेप बचत उत्तम रहेको बताए ।

संस्थाका सचिब विजयकुमार बस्नेतले सञ्चालन र सञ्चालक सदस्य राजेन्द्र श्रेष्ठले स्वागत गरेको सो साधारणसभामा प्रमुख अतिथि मिश्र र अध्यक्ष खरालले संस्थाका शेयर सदस्य समेत रहेका जेष्ठ नागरिकद्वय नारायणप्रसाद श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान गरे । त्यस अवसरमा   प्रमुख अतिथि मिश्र र अध्यक्ष खरालबाट संस्थाका उत्कृष्ठ बचतकर्ताहरु मणिकृष्ण देउजू , रमेश श्रेष्ठ , विन्दु नेम्कुल र शीशिरकुमार आचार्य , असल ऋणी मणिकृष्ण देउजू , उत्कृष्ट कर्मचारी महेश अर्याल , प्रतिवान कर्मचारी रोशन गौतम , अनुशासित र  समयनिष्ठ कर्मचारी कविता बस्नेत र उत्कृष्ट बजार प्रतिनिधि राजनकुमार श्रेष्ठलाई सम्मान गरियो भने संस्थाका कर्मचारीहरु सरिता खड्का , सीता बडुवाल र  दीपिका घिमिरेलाई मायाको चिनो प्रदान गरियो ।

 

Leave a Reply