नागरिक विकास साकोसको ९औँ वार्षिक साधारणसभा सम्पन्न
भक्तपुरको कौसलटारमा रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लि.को ९औँ वार्षिक साधारणसभा भूतपूर्व उद्योग मन्त्री तथा बर्तमान सांसद महेश बस्नेतको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष नुनम सुब्बाको अध्यक्षतामा यही पुस २८ गते सम्पन्न भयो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले यस नागरिक विकास साकोसले समुदायमा आधारित रहदै आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा महत्पूर्ण योगदान गरिरहेको उल्लेख गर्दै यसले छोटो समयमा आर्थिक फड्को मारेको देख्ता आफू धेरै खुशी भएको बताए । भक्तपुरका खोला करिडोरमा बाटाहरु बन्ने क्रम जारी रहेकोले अबको एक वर्षभित्र कोटेश्वरको जाम हट्ने उनको भनाई थियो । भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ र सबैको बचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी अध्यक्ष रोमन सिलाकारले सो साधारणसभाको सफलताको लागि शुभकामना व्यक्त गरे । त्यस अवसरमा अध्यक्ष सुब्बाले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै राष्ट्रले नयाँ संविधान कार्यान्वयन गरी संघीयतामा प्रवेश गरेको अवस्थामा हामीसँग प्रचुर मात्रामा अवसर र सम्भावनाहरु रहेको र यसलाई गहन रुपमा लिई यो संस्था सधैभरी रचनात्मक तथा प्रतिस्पर्धात्मक गुणस्तरीय सेवा प्रदान गरी स्वच्छ रुपमा अगाडि बढिरहने बताए । आफ्नै भवनबाट कारोवार गरिरहेको र ३० जना कर्मचारी कार्यरत यस संस्थामा आर्थिक वर्ष २०७४/७५ मा शेयर पूँजी रु.४,७२,७२,४०० , जगेडा कोषमा रु.६०,७२,६२६/२२ , निक्षेप रु.३४,०६,५३,५९८/५९ , कर्जा सापटी तर्फ रु ३१,२७,१४,९२१/१६ र सञ्चालन मुनाफा रु.३७,४२,३१०/७८ रहेको र चालु आर्थिक वर्षमा शेयर पूँजी रु.५,४५,००,००० , विभिन्न बचत अन्तर्गत रु.४१,००,००,००० , कर्जा लगानी रु.३६,६८,००,००० र सञ्चालन मुनाफा रु.१,०४,००,००० पु-याउने लक्ष्य रहेको उनको भनाई थियो । संस्थाका उपाध्यक्ष मनप्रसाद राईले स्वागत र साजना लामाले सञ्चालन गरेको साधारण सभामा नेपाल सरकारका पूर्व सह-सचिव हरि वशिष्ठ , भक्तपुरको मध्यपुर थिमि वृतका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मिलन के.सी. , नागरिक कम्युनिटी हस्पिटलका निर्देशक तथा भक्तपुर तेक्वन्दो संघका सल्लाहकार भक्त कासिक्षवा , स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष कल्पना श्रेष्ठ , सबैको बचत तथा ऋण सहकारी संस्था लि. का उपाध्यक्ष तथा भक्तपुर बडी विल्डिङ्ग एण्ड फिटनेस एसोसियसनका अध्यक्ष पदम सिलाकार , सानावित्त विकास बहुउद्देश्यीय सहकारी संस्था लि. चाबहिलका अध्यक्ष पेशलकुमार राई , हिमाल बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विज्ञान राई , अग्नि बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रत्नप्रसाद प्रजापती , ए.पी.वान. टेलिभिजनका प्रवन्ध निर्देशक गीतेन बाबु राई , स्टार बचत तथा ऋण सहकारी संस्थ लि. का कार्यकारी अध्यक्ष दीनेश राई , सन्दुस बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मनोज श्रेष्ठ , कैलाश बचत तथा ऋण सहकारी संस्था लि. का कार्यकारी अध्यक्ष यादव राई , डेरिभेटिव बचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी अध्यक्ष वाशुदेव राई , आभाश बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष पूर्णबहादुर लिम्बु र नव आर्थिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दुतराज लामाको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
त्यस अवसरमा प्रमुख अतिथि बस्नेत र अध्यक्ष सुब्बाले सो संस्थाका शेयर सदस्य समेत रहेका जेष्ठ नागरिकहरु दिव्यकृष्ण श्रेष्ठ , डा. रामविक्रम प्रजापती ,शशीकला भट्टराई , सोमकुमारी कोइराला र काजीलाल डंगोल , संस्थाका उत्कृष्ट निक्षेपकर्ता राहुल बाडे , नीलमणि कार्को , लालकुमार बुढाथोकी , अभिमन्दु खड्का , गोपाल कोइराला , दीलप्रसाद शर्मा , जयबहादुर जोशी र जीवनहरि श्रेष्ठ , उत्कृष्ठ मुद्धती निक्षेपकर्ता मोहनकृष्ण श्रेष्ठ , राजु डंगोल , सकुन्तला ढेरकाल , सुजिता श्रेष्ठ , प्रतिमा खड्का , शीक्षा नेपाल , रोहित गुभाजु र राजेन्द्र थापा तथा उत्कृष्ठ व्यवसायी राजाराम उलक , रामेश्वर खाताको , कृष्णगोपाल खुसु , हिमाल खत्री , हेमराज थापा , राजेन्द्रबहादुर थापा र आत्मराम लामिछानेलाई सम्मान गरे । त्यसैगरी भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ र संस्थाका अध्यक्ष सुब्बाले संस्थामा आबद्ध सदस्यहरुका छोराछोरीहरुमध्ये एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अंकका साथ उतीर्ण प्रतिक्षा सापकोटा , रुपा थापा , सृष्टी खड्गी , नवीन जाकिबञ्जार , विप्लव पोखरेल , प्रल्हाद धिताल , जीवन थामी , नीलिमा सुनार , विशाल भट्ट , सागर खड्का , नारायण लिम्बु , प्रशान्त अवाल , लक्ष्मी खन्नी , संचित गिरी , अशिम चौलागाई , निश्चल कास्छिवा , आयुश थापा र रुशन बाडेलाई नागरिक विकास एक्सिलेन्ट एजुकेशन अवार्ड – २०७५ तथा प्रशंसा पत्र र प्रदान गरे । यसैगरी उनीहरुले त्यस संस्थामा आवद्ध सदस्यहरुका छोराछोरीहरु मध्ये एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अंक साथ उतीर्ण भएका आयुश बरुवाल , सफल खड्का , दिव्यराज शर्मा र जयाना हेक्कालाई नागरिक विकास एक्सिलेन्ट एजुकेशन अवार्ड – २०७४ तथा प्रशंसा पत्र प्रदान गरे । त्यस्तै सबैको बचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी अध्यक्ष रोमन सिलाकार र अध्यक्ष सुब्बाले उत्कृष्ट व्यसायी सन्तोष सेढाई , विश्वराम कबु , तुलशा बस्याल , चन्द्रभान साँय , कल्पना रञ्जितकार , पारवती शाक्य , ईश्वर नेपाल , नवराज अधिकारी , रामचन्द्र श्रेष्ठ , नमराज बास्तोला , अञ्जु के.सी. इच्छाराम भण्डारी , नन्दप्रसाद दुलाल , वेल्कम हार्डवेयर र जाकवार प्रा.लि. संस्थाका उत्कृष्ट आवधिक निक्षेपकर्ता राजेश दर्जी , गोविन्द विष्ट र अर्जुन गिरीलाई सम्मान गरे । सो अवसरमा त्यस संस्थाका उत्कृष्ट कर्मचारीहरुलाई स्टाफ अफ द इयरबाट सम्मानित गरिएको थियो ।
