मन मनकामना साकोसको छैटौँ वार्षिक साधारणसभा सम्पन्न
कामाडौंं महानगरपालिका – ६ , बौद्धमा रहेको मन मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को छैटौँ वार्षिक साधारणसभा यही पुस २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप-सचिव शालिकराम दाहालको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष सोमप्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि दाहालले यस मन मनकामना साकोसले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउदै सञ्चालन भएको छोटो समयमा गरेको आर्थिक प्रगतिले आफूलाई खुशी लागेको उल्लेख गर्दै सरकारले सहकारी क्षेत्रको विकासमा जोड दिइरहेको बताए । काठमाडौ महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष घनश्याम पौडेल , काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ६ मा रहेको हाम्रो समावेशी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खगेन्द्र कार्की , हिमालय एयरलाइन्सका प्रतिनिधि पर्वत भण्डारी लगायतले सो साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे । त्यस अवसरमा अध्यक्ष चौलागाईले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सरकारले सहकारीलाई राष्ट्रिय अर्थतन्त्रमा ठूलो अंशमा हेरेको उल्लेख गर्दै “एकका लागि सबै र सबैका लागि एक” भन्ने मूल मर्मलाई आत्मसात गर्दै यस सहकारी संस्था अगाडि बढिरहेको बताए । यस संस्थामा शेयर सदस्य ५०० , शेयर पूँजी रु.२,१२,००,००० , निक्षेप संकलन रु. १२,५१,७७,०७३ र लगानी रु. ७,४२,८४,०५३ रहेको र आउदो वर्ष शेयर सदस्य ७०० , शेयर पूँजी रु.२,५०,००,००० पु-याउने , सदस्यहरुलाई आकर्षक व्याज प्रदान गरी लामो अवधिको मुद्धती निक्षेप कार्यक्रमलाइ अगाडि बढाई हालको रु.५,१०,००,००० मुद्धती निक्षेपबाट बढाएर रु. १२,००,००,००० पु-याउने लक्ष्य रहेको उनको भनाई थियो । संस्थाका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले स्वागत र सचिव दीपकराज पराजुलीले सञ्चालन गरेको साधारणसभामा त्यस संस्थाका शेयर सदस्य समेत रहेका जेष्ठ नागरिकहरु भीमप्रसाद पराजुली , केशवकुमार खड्का , माधवप्रसाद खनाल , कमला खरेल खनाल , पुन्यमाता चौलागाई , इन्द्रप्रसाद ओली , गोविन्द पुडासैनी , ठुलोकान्छा के.सी. जयाश्वरी शाक्य र सार्की तामाङलाई दोसल्ला ओडाई नगद सहित फलफूल प्रदान गरी सम्मान गरियो । त्यस अवसरमा उत्कृष्ट कारोवारकर्ता श्यामबहादुर खड्का र रमेश पौडेल तथा त्यस क्षेत्रका उत्कृष्ट उद्यमी व्यवसायी शैलेशसिंह डंगोल र बेलभक्त श्रेष्ठलाई खादा ओडाएर पुष्प गुच्छा र सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो भने उत्कृष्ट बाल बचतकर्ता सीमा श्रेष्ठ , कृतन के.सी. र रीजन श्रेष्ठलाई नगद सहित चोखोपाई प्रदान गरी सम्मान गर्नुका साथै संस्थाका उत्कृष्ट कर्मचारीहरु मनेश्वरी कोजु र सुशिला थापालाई पुष्प गुच्छा सहित नगद पुरस्कार प्रदान गरियो । उक्त अवसरमा २०७४ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट अंकका साथ उतीर्ण हुने संस्थाका शेयर सदस्य रविता चौलागाईका सुपुत्र संजीव चौलागाई र शेयर सदस्य मन्दिराकुमारी घिमिरेका सुपुत्र अनिश काफ्लेलाई खादा औडाई नगद सहित प्रशंसा-पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
