यती साकोसको १०औँ वार्षिक साधारणसभा सम्पन्न , शेयर सदस्यहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत लाभांश वितरण

ललितपुर महानगरपालिका -९ ,चक्रपथ , बालकुमारीमा रहेको यती बचत तथा ऋण सहकारी संस्था लि.को १०औँ वार्षिक साधारणसभा यही पुस २८ गते सांसद कृष्णलाल महर्जनको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष रामलाल अवालेको अध्यक्षतामा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले यस यती बचत तथा ऋण सहकारी संस्थाले समुदायलाई लक्षित गरी सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा गरिरहेको योगदानले आफूलाई खुशी लागेको बताउदै सहकारी संस्थाहरुले बचत तथा ऋण कारोवारमा मात्रै सिमित नरही उत्पादनमूलक क्षेत्रमा  केन्द्रित रही बर्तमान सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली ‘ कार्यक्रमलाई सहयोग गर्नु पर्नेमा जोड दिए । त्यस अवसरमा अध्यक्ष अवालेले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै  “हरेक जनतासँग सहकारी हरेक दिन नै जोडिएको कुरा राज्यका ३ वटै तहका जनप्रतिनिधिहरुले राम्रोसँग महशुस गर्नु भएको हुनाले अबको सहकारी ऐन , २०७४ ले सहकारीलाई नियमन गरिने कुराले खराब नियत लिई  सञ्चालित सहकारीहरुलाई अब गाह्रो  हुने निश्चित छ । हामी जस्तो स्वच्छ छवि र उच्च विचार लिएर सम्पूर्ण सदस्यहरुको व्यक्तित्व , आर्थिक र सामाजिक विकासमा तल्लिन हुने सहकारी संस्थालाई सरकारले सहयोग र साथ दिने विश्वास लिएको छु ।” बताए । आर्थिक वर्ष २०७४/७५ मा यस संस्थामा शेयर सदस्य ३६१ , शेयर पूँजी रु.७३,८८,४०० , निक्षेप संकलन रु.७,३६,३१,७२५/७९ , ऋण लगानी रु.६,३९,५०,९०९ , बचत रु.२,१५,१०२/६६ र शेयर सदस्यहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत लाभांश प्रदान गरिएको र  यस आर्थिक वर्षमा संस्थाका शेयर सदस्य ५०० , शेयर पूँजी रु.१,२०,००,०००,  कुल निक्षेप रु.१२.००.००.००० , कुल ऋण लगानी रु.११,००,००,००० पु-याउने योजना रहेको र संस्थामा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्ने , कर्मचारीहरुलाई विभिन्न तालिममा भाग लिन लगाउने  , स्वास्थ्य शीविर सञ्चालन गर्ने , कृषिमा लगानी गर्ने , महिलाहरुलाई सीपमूलक एवं आयमूलक तालिम सञ्चालन गर्ने र संस्थाको आफ्नै भवन बनाउन कोष खडा गर्ने उनको भनाई थियो ।

संस्थाका उपाध्यक्ष श्यामबहादुर बस्ताकोटीले स्वागत मन्तव्य र सचिव पूर्णकृष्ण श्रेष्ठले सञ्चालन गरेको साधारणसभामा संस्थाका कोषाध्यक्ष योगेन्द्र कार्कीले “संस्थाका बास्तविक धनी संस्थाका सदस्यहरु नै हुन् र सम्पूर्ण सदस्यहरुको सानो प्रयासले संस्थाले ठूलो उचाईलाई छुन सक्छ” भने ।  यस संस्थामा भएको सिमित श्रोत साधनको उपयोग गरी अधिकतम प्रतिफल दिन संस्था सफल भएको र आउदा दिनहरुमा पनि यसलाई कायम राख्न सदस्यहरुले संस्थालाई माया गरी बचत तथा ऋणको कारोवारमा अझ बृद्धि गर्दै लानु हुनेछ भन्ने विश्वास लिइएको साथै संस्थाले वालवालिकाको जीवनशैली , बौद्धिक विकास र भविष्यका लागि बचत गराउने हेतुले बाल बचत कार्यक्रम सञ्चालन गर्दै आइरहेको र आगामी दिनहरुमा पनि वालवालिकाहरुलाई मध्यनजर गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने उनको भनाई थियो ।

त्यस अवसरमा त्यस संस्थाका शेयर सदस्य समेत रहेका जेष्ठ नागरिकहरु ,उत्कृष्ट कारोवारकर्ताहरु , उत्कृृृृष्ट बचतकर्ताहरु , असल ऋणीहरु तथा  संस्थाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply