गुडविल फाइनान्स लिमिटेडको बर्दिबास शाखाको कारोवार प्रभावकारी बन्दै

गुडविल फाइन्नास लिमिटेड (वित्तीय संस्था) को गएको पुस १८ गते महोत्तरी जिल्लाको बर्दिबासमा उद्घाटन भएको शाखाको वित्तीय कारोवार प्रभावकारी ढंगबाट अगाडि बढिरहेको जानकारी प्राप्त भएको छ । गुडविल फाइनान्स लिमिटेडको १४औँ शाखाको रुपमा सो शाखाको स्थापना भएको थियो । एक विशेष कार्यक्रमका बीच बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की र गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था) का प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले  संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका थिए । यो शाखाबाट कारोवार शुरु भएसँगै गुडविल फाइनान्स लिमिटेडले प्रदेश नं. २ मा आफ्नो सेवा विस्तार गरेको जनाएको छ । पूर्वको पाँचथरदेखि पश्चिमको नेपालगञ्जसम्म सेवा विस्तार गरेको यस गुडविल फाइनान्स लिमिटेडले यसै आर्थिक वर्षभित्र सुदुर पश्चिम प्रदेशको राजधानी धनगढीमा आफ्नो शाखा  स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply