सिंगापुर गोर्खा साकोसले सीपमूलक तालिम सञ्चालनको तयारी गरिरहेको छ

– जीवनकुमार राई , प्रवन्ध सञ्चालक , सिंगापुर गोर्खा बचत तथा ऋण सहकारी संस्था लि. ,  चप्पल कारखाना , काठमाडौं

सिंगापुर बचत तथा ऋण सहकारी संस्था लि. ,  चप्पल कारखाना काठमाडौंको २०७५ असोज २० गते सो संस्थाका अध्यक्ष जीतेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न सातों वार्षिक साधारणसभाले निर्णय गरे बमोजिम आफ्ना शेयर सदस्यहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको र उनीहरुका लागि सीपमूलक तालिम र सहकारी शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका – ४ , चप्पल कारखानामा रहेको यस सहकारी संस्थामा ४९८ जना शेयर सदस्य , रु.१,५९,३१,९०० शेयर पूँजी ,  रु.९,४३,६२,५२५/८४ निक्षेप संकलन , रु.९,८२,५१,०३६/७५ कर्जा लगानी र रु. २१,०५,५००/९६ खुद नाफा रहेको उनको भनाई छ । ७ वर्ष अगाडि १०० सदस्यहरु मिलेर यो संस्थाको सञ्चालन शुरु गरेका थिए ।

राज्यका जिम्मेवार तहहरुले सहकारी संस्था मैत्री ऐन , कानुन र नियमावली बनाएर लागु गर्नु पर्ने सो संस्थाका प्रवन्ध सञ्चालक राईको भनाई छ ।

Leave a Reply