नेफ्स्कुनको CURB कार्यक्रममा जादैछौँ

-करुणारत्न बज्राचार्य , अध्यक्ष ,रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. , हकबहाल , ललितपुर

साझ ४ देखि ७ बजेसम्म सञ्चालन हुने यस रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. का अधिकांश सदस्यहरु विशेषत: कालिगढ व्यवसाय तथा साना व्यापार व्यवसायमा सम्लग्न रहेका छन् । देश काल परिस्थितिले गर्दा हाल व्यवसायको प्रगति झर्दो अवस्थामा रहेकाले यसलाई मध्यनजर गर्दै ३ नं. प्रदेशका सभासद ज्ञानेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा गएको असोज ६ गते सम्पन्न यस संस्थाको २०औँ वार्षिक साधारण सभाले  चालु आ.व. २०७५/७६ लाई ‘उद्यमी प्रवर्द्धन ‘वर्षको रुपमा मनाउने निर्णय गरेको छ । यस वर्षमा संस्थाका आफ्ना सदस्यहरुलाई आफ्नो व्यवसाय बृद्धि गर्न सहुलियत ऋण , परामर्श तथा विभिन्न सीपमूलक तालिम प्रदान गर्ने र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक मेलाहरुमा भाग लिन   प्रोत्साहन गरिने छ ।

हामी नेफ्स्कुनको CURB  कार्यक्रममा पनि सहभागी हुदैछौँ ।

सहकारीको माध्यमबाट रत्नाकर महाविहारको  संघ / संस्थाहरुको सामाजिक , आर्थिक तथा सांस्कृतिक विकास गर्ने उद्देश्य लिई २१ वर्ष अगाडि ३५ जना शेयर सदस्यहरुबाट संकलित रु.७९,००० बाट सञ्चालन शुरु भएको यस सहकारी संस्थामा आर्थिक वर्ष २०७४/७५ मा २७५ जना महिला र १५६ जना पुरुष गरी ४४१ जना शेयर सदस्यहरु , रु १,०७,०३,५०० शेयर पूँजी , रु.१५,४२,२७,९०१/८६ बचत (निक्षेप) संकलन , रु.१२,५०,८३,९०५ ऋण लगानी , रु. ३,००,००० ऋण जोखिम व्यवस्था कोष र २७,२६,२०४/७३ खुद बचत रहेको छ ।

हाम्रो देशको राष्ट्रिय अर्थतन्त्रको तीन वटा खम्बामध्ये सहकारी एक खम्बा भएको छ । राज्यले सहकारीको विकास गर्नु पर्छ । सहकारीको माध्यमबाट उत्पादन बृद्धिमा लाग्नु परो ।

Leave a Reply