नव युवा साकोसमा १८८० जना शेयर सदस्य र रु.२,७९,००,६०० शेयर पूँजी रहेको छ

-ज्ञानीबाबु महर्जन , व्यबस्थापक , नव युवा बचत तथा ऋण सहकारी संस्था लि. , भिखाबहाल , ललितपुर

विगत २ वर्षदेखि आफ्नै भवनबाट कारोवार सञ्चालन गरिरहेको हाम्रो यस नव युवा बचत तथा ऋण सहकारी संस्था लि. मा २०७५ पुस मसान्तसम्म १८८० जना शेयर सदस्यहरु , रु.२,७९,००,६०० शेयर पूँजी , रु.२२,७६,८९,९१८ निक्षेप संकलन र रु.१९,९१,४४,७२२ ऋण लगानी रहेको छ ।

हाम्रो यस संस्थाको आयोजनामा गएको पुस २३ देखि ३० गतेसम्म यस संस्थाका कोषाध्यक्ष नारायण महर्जनको नेतृत्वमा यस संस्थाका २८ जना सदस्य तथा कर्मचारीहरुको थाइल्याण्डको राजधानी बैंकक लगायतका ठाउँहरुको अवलोकन भ्रमण सम्पन्न भयो ।

नेफ्स्कुनद्वारा आयोजना गरिरहेको probation कार्यक्रममा ललितपुरको पद्मावती साकोस ,  श्री माई बज्रबाराही साकोस , चापागाउँ , काठमाडौंको  ऐचोपैचो साकोस , कालीमाटी , एकता साकोस ,  बानेश्वर ,  होष्टेहैंसे साकोस , कलंकी , राधेकृष्ण साकोस , वनस्थली , काभ्रेपलाञ्चोकको ज्योति मिर्मिरे सामुहिक साकोस , लक्ष्मी महिला साकोस , मोडल साकोस , बनेपासँगै हाम्रो यस संस्था पनि सहभागी छ । पहिला यस कार्यक्रममा सहभागी भएको महिला शक्ति साकोस , बल्खुले राजधानी क्लष्टरको तर्फबाट एक्सेस ब्राण्ड पाएर र आमा साकोस अर्को संस्थासँग मर्ज भएकाले यस कार्यक्रमबाट हटेकाले अहिले हामी सहित १० वटा संस्थाहरु यो कार्यक्रममा सहभागी छौँ।

गएको असोज २० गते भूतपूर्व मन्त्री तथा बर्तमान सांसद पम्फा भुषालको प्रमुख आतिथ्यता र यस संस्थाका अध्यक्ष अशोक महर्जनको अध्यक्षतमा सम्पन्न यस संस्थाको ११औँ वार्षिक साधारणसभाले गरेको निर्णय अनुरुप यस संस्थाले सहुलियतपूर्ण रुपमा प्रवाह गर्दै आइरहेको रु.३०,००० सम्मको विशेष कर्जालाई रु.५०,००० सम्म प्रवाह गर्ने ,  शिक्षा कर्जालाई व्यवस्थित तथा सदस्यहरुको मागको आधारमा सेमिष्टर प्रणालीमा आधारित रहेर कर्जा प्रवाह गर्ने र सो समयको व्याज मात्र नियम अनुसार नियमित रुपमा भुक्तान गर्ने र अध्ययन सकेपछि साँवा र व्याज किस्तावन्दीमा भुक्तान गर्ने तरिकाबाट यस कर्जालाई परिमार्जन सम्बन्धी अध्ययन गरी व्यवस्थित गर्नेतर्फ योजना अघि सार्ने  , सदस्यहरुलाई सहकारी सम्वन्धी ज्ञान तथा जानकारी दिने उद्देश्यले सञ्चालित सहकारी शिक्षा सम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी तथा अनिवार्य रुपमा लागु गर्ने , संस्थाले नियमित रुपमा सूचना सम्प्रेषणको लागि अपनाउदे आएको SMS सेवा , फेसबुक र बुलेटिनलाई निरन्तरता  दिदै यसै आ.व.बाट सञ्चालनमा आएको वेभपेजलाई समयानुकूल अद्यावधि गर्दै संस्थाको गतिविधि तथा कार्यक्रमको जानकारी यथासक्य छिटो सदस्यहरुसम्म पु-याउने , संस्थामा आवद्ध सदस्यहरुको विस्तृत विवरण  समावेश हुने गरी सफ्टवेयरमा डाटा विश्लेषण प्रणाली (Data Analysis System) निर्माण भइरहेकोमा यसलाई पूर्णता दिने , यस संस्थाका सदस्यहरुको सुविधालाई मध्यनजर गरी मोवाइल मार्फत तेस्रो पक्ष भुक्तानी सेवा (E-Sewa) शुरुवात चालु आ,व.बाट गर्ने ,  संस्थाले दिइरहेको वेष्टर्न युनियन मनी ट्रान्सफर अन्तर्गत माया रेमिटबाट बिप्रेषण सेवा दिइरहेकोमा यस सेवाराई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने र थप सेवा प्रदायकहरुसँग सम्झौता गरी यस सेवालाई अझ बृहत बनाउने , यस संस्थाले नियमित रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य शीविर कार्यक्रमलाइ निरन्तरता दिने र आवश्यकता तथा समय सापेक्षताका आधारमा अन्य विभिध स्वास्थ्य तथा जनसरोकारका विषयहरुमा शीविर तथा जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने लगायतका कार्यक्रमहरु कार्यन्वयन भइरहेको छ ।

सरकारले सहकारी मैत्री नीति , ऐन , कानुन तथा नियमावली बनाई सहकारीको विकास र प्रवर्द्धनमा मद्दत गर्नुपर्छ । सहकारी मार्फत आर्थिक समृद्धि , रोजगारी सिर्जना र गरिवी निवारण कार्यक्रम अगाडि बढाउनु राम्रो हुन्छ ।

 

 

Leave a Reply