ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २४औँ वार्षिक साधारण सभा आगामी फागुन १८ मा हुने

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २४औँ वार्षिक साधारणसभा आगामी फागुन १८ गते हुने भएको छ । सो संघको यही पुस ३० गते बसेको ९७औँ संयुक्त बैठकले उक्त निर्णय गरेको जनाइएको छ । २०७५ फाल्गुण १८ गते विहान ८:०० बजेबाट कोप फुडल्याण्ड एण्ड बैंक्वेट , थसिखेल , ललितपुरमा हुने सो साधारणसभाका प्रस्ताबहरु निम्नानुसार रहेको संघका सचिव रामहरि बजगाईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
छलफलका प्रस्तावित विषयहरु :
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन उपर छलफल एवं पारित गर्ने
२. लेखा तथा सुपरीलेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन उपर छलफल एवं पारित गर्ने
३. आ.व. २०७४/०७५ को प्रस्तावित अनुमानित आय व्यय विवरण तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने
४. आ.व.२०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने
५. आ.व. २०७५/०७६ को लागि लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने
६.प्रस्तावित लाभांश वितरणको अनुमोदन गर्ने
७. साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्नको लागि प्रतिनिधिहरुको तर्फबाट १६ जना प्रतिनिधि छनौट गर्ने
८.सञ्चालक तथा लेखा समितिको निर्वाचन कार्यक्रम सम्बन्धमा
९. विभिध
पुनश्च:
>साधारण सभामा भाग लिनको लागि मिति २०७५ फागुन ५ गते सम्ममा आधिकारिक प्रतिनिधि-पत्र /सञ्चालक समितिको निर्णयको प्रतिलिपि / संघले उपलब्ध गराएको फारम तथा प्रतिनिधिको फोटो २ प्रति संघको कार्यालयमा आवेदन दर्ता गराई सक्नुपर्नेछ अन्यथा निर्वाचन कार्यक्रममा भाग लिन पाइने छैन ।
>साधारण सभामा आउदा परिचय-पत्र अनिवार्य ल्याउनुपर्नेछ ।
>२०७५ फागुन मसान्तसम्मको नियमित बचत तथा आ.व. २०७५/०७६ को नविकरण शुल्क २०७५ फागुन ५ गतेभित्र संघको कार्यालयमा अनिवार्य बुझाई सक्नुपर्नेछ अन्यथा निर्वाचन कार्यक्रममा भाग लिन पाइने छैन ।
>ललितपुर जिल्लाका ६ वटा स्थानीय तहलाई आधार मानी उत्कृष्ट सहकारी संस्थाहरुलाई सम्मान गरिने हुँदा पत्रसँग प्राप्त भएको फारम मिति २०७५ फागुन ५ गतेसम्म संघको कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
>सहकारी क्षेत्रका गतिविधिहरुलाई समेटेर बुलेटिन प्रकाशन गर्न गइरहेको हुँदा २०७५ माघ २९ गतेसम्म संस्थाको गतिविधि तथा लेख रचनाहरू उपलव्ध गराई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
>कार्यक्रम स्थलमा प्रतिनिधिहरुको लागि खाजा र खानाको व्यवस्था गरिएको छ ।
त्यसैगरी सो संघको उक्त बैठकको निर्णय अनुसार सो संघको २४औँ वार्षिक साधारण सभामा निर्वाचन प्रयोजनको लागि गठित शशिकुमार लम्सालको संयोजकत्वको निर्वाचन समितिको यही माघ ४ गते बसेको बैठकले २०७५ फागुन १८ गते हुने सञ्चालक समिति तथा लेखा तथा सुपरीवेक्षण समितिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । सञ्चालक समितिको अध्यक्ष पद संख्या १ , वरिष्ठ उपाध्यक्ष पद संख्या १, महिला उपाध्यक्ष पद संख्या १ , सचिव पद संख्या १ , कोषाध्यक्ष पद संख्या १ र सञ्चालक सदस्य पद संख्या १० तथा लेखा तथा सुपरीवेक्षण संयोजक पद संख्या १ र सदस्य पद संख्या २ का लागि हुने निर्वाचन कार्यक्रम निम्नानुसार रहेको सो निर्वाचन समिति संयोजक शशिकुमार लम्सालको कथन छ ।
१. २०७५ फागुन १३ गते विहान ११:०० बजे संघको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने
२. २०७५ फागुन १३ गते विहान ११:०० बजेदेखि अपरान्ह ४ बजेसम्म संघको कार्यालयमा मतदाता नामावली माथि दावी विरोध गर्न सकिने
३.२०७५ फागुन १३ गते साँझ ५ बजे संघको कार्यालयमा अन्तिम नामावली प्रकाशन हुने
४.२०७५ फागुन १४ गते विहान १०:०० दिउसो १:०० सम्म संघको कार्यालयमा उम्मेद्वारको मनोनयन-पत्र दर्ता गर्ने
५. २०७५ फागुन १४ गते दिउसो ३:०० बजे संघको कार्यालयमा उम्मेद्वारको नामावली प्रकाशन हुने
६. २०७५ फागुन १४ गते दिउसो ३:०० बजेदेखि साँझ ५:०० बजेसम्म संघको कार्यालयमा उम्मेद्वारी विरुद्ध दावी विरोध गर्न सकिने
७. २०७५ फागुन १५ गते विहान ११:०० बजेदेखि दिउसो २:०० बजेसम्म संघको कार्यालयमा दावी विरोध माथि छानविन गरिने
८. २०७५ फागुन १५ गते दिउसो २:०० संघको कार्यालयमा उम्मेद्वारको नामावली पुन: प्रकाशन हुने
९. २०७५ फागुन १६ गते विहान ११:०० बजेदेखि दिउसो २:०० बजेसम्म संघको कार्यालयमा उम्मेद्वारको नाम फिर्ता लिन सकिने
१०. २०७५ फागुन १६ गते दिउसो ३:०० बजे संघको कार्यालयमा अन्तिम नामावली प्रकाशन हुने
११.२०७५ फागुन १८ गते मतदान शुरु हुनु अगाडिसम्म प्रचार प्रसार गर्न सकिने
१२. २०७५ फागुन १८ गते अपरान्ह १२:०० देखि साँझ ५:०० बजेसम्म मतदान कार्य हुने
१३. २०७५ फागुन १८ गते मतदान समाप्त भएपछि साधारण सभा स्थलमा मतगणना प्रारम्भ गरिने
१४. मतगणना समाप्त भएपछि साधारण सभा स्थलमा निर्वाचन परिणाम घोषणा गर्ने
१५. मत परिणाम घोषणा पश्चात साधारण सभा स्थलमा विजयी उम्मेद्वारहरुलाई प्रमाण-पत्र वितरण एवं सफथ ग्रहण गराउने
यस निर्वाचनमा अध्यक्ष , वरिष्ठ उपाध्यक्ष , महिला उपाध्यक्ष , सचिव , कोषाध्यक्ष र लेखा तथा सुपरीवेक्षण समिति संयोजक पदका उम्मेद्वारका लागि रु. २,००० र सञ्चालक समिति सदस्य तथा लेखा तथा सुपरीवेक्षण समिति सदस्यका पदका उम्मूद्वारका लागि रु. १,००० दरखास्त शुल्क निर्धारण गरिएको छ । कायम हुन आएका उम्मेद्वारहरुको दरखास्त शुल्क फिर्ता नहुने तर उम्मेद्वारी फिर्ता लिने उम्मेद्वारको हकमा निजले बुझाएको उम्मेद्वारी दस्तुर शुल्क फिर्ता हुने र विशेष परिस्थितिया निर्वाचन उप-समितिले निर्वाचन कार्यतालिका हेरफेर गर्न सक्ने छ ।