कोपा अमेरिका फुटबल म्याचको “ड्र”सार्वजनिक , लियोनल मेसीले खेल्ने/नखेल्ने टुङ्गो लागेन

दक्षिण अमेरिकी महादेशको ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबल म्याच २०१९ को ‘ड्र’ सार्वजनिक भएको छ । एसियाका जापान र कतारले पाहुना टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका छन् । ब्राजिलको साउ पाउलो शहरमा २०१९ जुन १४ बाट शुरु हुने   प्रतियोगितामा समुह ‘ए’ मा ब्राजील , बोलिभिया , भेनेजुयला र पेरु , समूह ‘बी’ मा अर्जेन्टिना , कोलम्बिया , पारग्वे र कतार , समूह ‘सी’ मा उरुग्वे , इक्वेडर , जापान र चिली रहेका छन् । समूह चरणबाट सबै समूहका विजेता र उप-विजेता अघिल्लो चरणमा प्रवेश गर्नेछन् । समूह चरणका तेस्रो हुने टीमहरु मध्ये शीर्ष २ टीम पनि अर्को चरणमा प्रवेश गर्नेछन् ।

यस प्रतियोगितामा लियोनल मेसीको भरमा रहेको अर्जेन्टिना , ब्राजिल र चिलीलाई प्रतियोगिताको दावेदार मानिएको छ तर यो प्रतियोगितामा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेल्ने हुन् कि हैनन् भन्ने टुङ्गो लागेको छैन । रुस विश्वकप २०१८ मा अर्जेन्टिना नकआउट चरणमा फ्रान्ससँग पराजीत भए यता स्पेनिस क्लव  बार्सिलोनाका कप्तान मेसी अर्जेन्टिनी जर्सीमा देखिएका छैन । यदी मेसीले नखेलेमा भने अर्जेन्टिनाको दावेदारी अनिश्चित हुने विश्लेषकहरुको भनाई छ ।

( सञ्चार माध्यमहरुको सहयोगमा )

Leave a Reply