चीनले ग-यो कोटेश्वर – कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण

चीन सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको कोटेश्वर – कलंकी सडक आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि चिनीया राजदूत होउ याङ्क्यूले प्रधानमन्त्री के.पी. शर्मा वोलीलाई एक समारोहका बीच साँचो हस्तान्तरण गरेकी हुन् । त्यस अवसरमा प्रधानमन्त्री वोलीले बर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको निम्ति अगाडि बढिरहेकोले त्यसका लागि छिमेकीहरुबाट आवश्यक सहयोग हुनु पर्ने बताए । चिनीया राजदूत होउले भूकम्प र नाकाबन्दीका कारण यो सडक निर्माणमा ढिलाई भएको उल्लेख गरिन् ।आठ ल्यानको यो सडक चिनीया अनुदान सहयोगमा ५ वर्षको समयावधिमा पूरा भएको हो ।

Leave a Reply