सुयोग्य साकोस , कोटेश्वरको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका – ३२ , सेतीओपी मार्ग  कोटेश्वरमा  (ग्रामर कलेज अगाडि) रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले आज नि:शुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान मेमोरियल अस्पातालको सहयोगमा ग्रामर कलेज , कोटेश्वरमा सो एक दिवसीय कार्यक्रम सम्पन्न भएको थियो । विहान ९ :०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म चलेको स्वास्थ्य शिवीरमा फिजिसियन  , दन्त , हाडजोर्नी , गाइनो ,ई.सी.जी लगायतको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस अवसरमा २२४ जना त्यस सहकारी संस्थाका सदस्यहरु लगायतले नि:शुल्क स्वास्थ्य परीक्षणको सेवा लिएको सो सहकारी संस्थाका अध्यक्ष तथ राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका का.मु. महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको भनाई छ ।

आफ्नै भवनबाट वित्तीय कारोवार गरिरहेको सो सहकारी संस्थाको आयोजनामा  यस अघि गएको मंसिरमा ‘सकारात्मक सोचको विकास’ विषयक एक दिवसीय अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको थियो । त्यस संस्थाका पदाधिकारी , सञ्चालक सदस्यहरु , लेखा सुपरीबेक्षण समितिका संयोजक तथा सदस्यहरु एवं उक्त संस्थाका सदस्यहरु सहभागी कार्यक्रम ग्रामर कलेज , कोटेश्वरमा भएको थियो । त्यस अवसरमा सो संस्थाकी अध्यक्ष चित्राकुमारी थाम्सुहाङ सुब्बाले यो कार्यक्रम गर्नु पर्ने आवश्यकता र औचित्यबारे प्रकाश पारेकी थिइन् ।उक्त संस्थाका प्रवन्धक खड्ग सुब्बाले सञ्चालन गरेको त्यस अभिमुखीकरण तालिममा राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका नि:वर्तमान प्रवन्धक बलदेब पौडेलले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

Leave a Reply