सरकार र डा. के.सी. आ-आफ्नै अडानमा यथावत , काग्रेसका भातृ संगठनहरुको विरोध प्रदर्शन , चिकित्सकहरुको संघर्ष शुरु

आफ्नो १५औँ आमरण अनसनको बेला नेपाल सरकारसँग भएको सहमती कार्यान्वयन लगायतका माग राखी वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. ले आमरण अनसन शुरु भएको आज २० दिन पुगेको छ । सरकार र डा. के.सी. आ-आफ्नै अडानमा यथावत छन् । गएको शुक्रबार संसदको प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकमा डा. के.सी.का ९५ प्रतिशत माग समावेश भएकाले डा. के.सी.ले आन्दोलनका कार्यक्रम फिर्ता लिनु पर्ने सरकारको भनाई छ । सरकारले आफूसँग गरेका सहमती जालझेल गरी तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले सरकारले आफूसँग गरेको सहमती कार्यान्वयन नगरेसम्म आमरण अनसन जारी रहने डा. के.सी. बताइरहेका छन् ।
यता सरकारले डा. के.सी. को माग बेवास्ता गरेको भन्दै उहाको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा हिजोबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल , महाराजगञ्ज र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले विरोधका कार्यक्रम शुरु गरेका छन् ।
यता आफ्नो अवरोधका बीच जव्वरजस्ती चिकित्सा शिक्षा विधेयक संसदको प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएपछि नेपाली काँग्रेस रुष्ट बनेको छ । देशव्यापी रुपमा सदन तथा सडकबाट आन्दोलन शुर गर्ने काँग्रेसका नेताहरुले बताएका छन् ।
नेपाली काँग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा नेपाल महिला संघ , ने.वि.संघ र नेपाल तरुण दलले हिजो राजधानीमा प्रदर्शन गरेका थिए भने ने.वि. संघका कार्यकर्ताहरुले प्रधानमन्त्री खड्गप्रसाद शर्मा वोलीको पुत्ला जलाएका थिए । त्यसवेला प्रहरीले ने.वि.संघका केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । हिजो नै ने.वि. संघले क्याम्पसहरु अगाडि डा. के. सी. को मागका समर्थनमा प्रदर्शन गरेका थिए ।
फागुन १४ मा स्ववियु चुनाव गर्न प्रधानमन्त्री वोलीको त्रि.वि. पदादिकारीलाई निर्देशन
प्रधानमन्त्री खड्गप्रसाद शर्मा वोलीले त्रि,वि, पदाधिकारीहरुलाई फागुन १४ गते स्ववियु चुनाव गर्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ। जवाफमा उनीहरूले सरकारले सुरक्षा प्रदान गरे आफूहरू स्ववियु चुनाब गर्न तयार रहेको र यदी फागुन १४ गते स्ववियु चुनाव नभएमा यो साल स्ववियु चुनाव हुन नसक्ने बताएको जनाइएको छ ।