चौतर्फी दवावपछि डा. गोविन्द के.सी. ले तोडे अनसन

वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द के.सी.ले केहीबेर अगाडि आमरण अनसन तोडेका छन् । पूर्व प्रधान न्यायधीस सुशिला कार्की तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाको हातबाट जुस पिएर उनले आमरण अनसन त़ोडेका हुन्। संघीय संसदको दुबै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको तथा उनको अनसनले धेरै विरामीले मर्कामा परेपछि उनलाई आमरण अनसन तोड्न चौतर्फी दवाव परेको थियो । आमरण अनसन शुरु गरेको २४औँ दिनमा आमरण अनसन तोडेसँगै डा. के.सी.ले फरक ढंगबाट आफ्नो लडाई अगाडि बढाउने बताएका छन् ।
नेपाल सरकारका शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटाले डा. के.सी.ले आमरण अनसन तोडेर संघीय संसदको दुबे सदनबाट पारित मएको चिकित्सा शिक्षा विधेयकको स्वामित्व लिन आग्रह गरिरहेका दिए ।