प्रधान सम्पादकको कलमबाट…….

नेपाल र संयुक्त अरव इमिरेट्स वीच हालै विदेशी भूमिमा भएको अन्तर्राष्ट्रिय एक  दिवसीय क्रिकेट खेल जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट खेल प्रदर्शन गरी विजयी भएर देशको गौरव बढाएको छ । यसबाट अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको बरियताको सूचीमा समेत नेपाल सूचीकृत भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले सानदार खेल पस्किएर नेपाली क्रिकेटको भविष्य उज्ववल रहेको सन्देश प्रवाह गरेका छ, तर  यसबेला पनि नेपाली क्रिकेट समस्याबाट मुक्त हुन सकेको छैन । एकातिर क्रिकेट क्षेत्रमा राजनीतिक अप-संस्कृतिको शिकार बनिरहेको छ भने अर्कातिर क्रिकेटको विकासका लागि राज्यले गर्नु पर्ने भरपर्दो योजना बनाएर कार्य गर्न सकिरहेको छैन । जसले खेल क्षेत्रमा लागेका खेलाडीहरुको भविष्य सुनिश्चित गर्न सकिरहेको छैन ।

नेपाली क्रिकेटको विकासका लागि राज्यले भरपर्दो योजना बनाएर कार्य गर्नु आवश्यक छ । क्रिकेट क्षेत्रमा भइरहेको राजनीतिक अप-संस्कृतिबाट मुक्त गरी क्रिकेट खेलाडीहरुको भविष्य सुनिश्चित गर्नु जरुरी छ ।

क्रिकेटको मात्रै होइन समग्र खेल क्षेत्रको विकासका लागि राज्य सम्वेदनशील हुनु आवश्यक छ । सर्वप्रथम त : राजनीतिक अप-संस्कृतिबाट खेल क्षेत्रलाई मुक्त गर्नु आवश्यक छ । यससँगै समग्र खेल क्षेत्रको विकासका लागि भरपर्दो योजना बनाएर कार्य गर्नुको विकल्प देखिदैन । खेल क्षेत्रको विकास गरी खेलाडीको भविष्य सुनिश्चित गरेर खेल क्षेत्रमा नयाँ – नयाँ खेलाडीहरुलाई आकर्षित गर्नु जरुरी छ । यसो गर्न सकेमा नेपाली खेलकुदको भविष्य उज्ववल हुने देखिन्छ ।

धन्य छ – विदेशी भूमिबाट विजेता बनेर फर्किरहेको नेपाली राष्ट्रिय क्रिकेट टोली । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सहकारी सञ्जाल परिवारको सलाम ।

Leave a Reply