धुमधामका साथ सोनाम ल्होसार मनाउदैछन् तामाङहरु

आज विशेषत: तामाङहरुले सोनाम ल्होसार अर्थात नयाँ वर्ष धुमधामका साथ मनाइरहेका छन् । सोनाम ल्होसारको अवसरमा ३ नं.प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री खड्गप्रसाद शर्मा वोली , सभामुख कृष्णबहादुर महराका साथै विभिन्न्न राजनीतिक दलका नेताहरु लगायतले देशवासीलाई शुभकामना दिएका छन् ।

नेपालका विभिन्न भू-भागमा बसोबास गरिरहेका तामाङहरु लगायतले एक अर्कामा शुभकामना आदान प्रदान गरी यो पर्व मनाइरहेका छन् । लाओस् , म्यानमार लगायतका देशहरुमा पनि आजकै दिन सोनाम ल्होसार मनाउने चलन रहेको पाइन्छ । मञ्जुश्री पात्रो अनुसार आजबाट कुकुर वर्ग सकिएर सुँगुर वर्ग शुरु भएको मानिन्छ ।

यस  अवसरमा नेपाल तामाङ घेदुङ लगायतका संघ/संस्थाहरुले तामाङ जातीको  संस्कृति , खाना , भेषमुषा लगायतको प्रचार प्रसार जस्ता कार्यक्रम गरिरहेका छन् ।

सोनाम ल्होसारको अवसरमा सबै दाजु भाइ तथा दिदी बहिनीहरूमा  सहकारी सञ्जाल परिवारको हार्दिक मंगलमय शुभकामना ।

Leave a Reply