अखिल (क्रान्तिकारी)को आह्वानमा शिक्षण संस्था बन्द

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को आह्वानमा आज राजधानी सहितका अधिकांश शैक्षिक संस्था बन्द भएका छन् । शिक्षण संस्थाहरुले आफ्ना शिक्षक , विद्यार्यी र तिनका अभिभावकलाई टेलिफोन , इमेल तथा म्यासेज गरेर आफ्नो शैक्षिक संस्था बन्द भएको जानकारी गराएको बताइएको छ ।

सो विद्यार्थी संगठनले आफूहरुले विभिन्न माग राखेर संघर्ष गरिरहेको र त्यसै क्रममा आज शैक्षिक संस्था बन्द गराएको बताएको छ ।

Leave a Reply