कार्यक्रम स्थलमा बेहोस भएका फाल्गुनन्द गाउँपालिका अध्यक्ष नेम्वाङको निधन

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको ७७ वर्षको उमेरमा हिजो निधन भयो ।
फाल्गुनन्द गाउँपालिकाको वडा नं. ५ स्थित एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेम्वाङ् हिजो दिउसो २ बजेतिर कार्यक्रम स्थलमै एक्कासी बेहोस बनेर ढलेपछि उपचारका लागि इलाम जिल्ला अस्पताल पु-याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन पहल गर्दै गर्दा इलाम अस्पतालमा उहाँको निधन भएको समाचारमा जनाइएको छ । उहाँमा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या रहेको थियो ।