दक्षिण बाराही महिला साकोसको तीर्थ भ्रमण सम्पन्न

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका – ४ , दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही माघ १८ गते तनहुँको दमौली छाब्दीमा तीर्थ भ्रमण सम्पन्न भएको सो संस्थाले जनाएको छ । संस्थाकी उपाध्यक्ष पूजा थापाको नेतृत्वमा सो संस्थाका २ जना सञ्चालक र २६ जना शेयर सदस्य गरी २९ जनाको टोली तीर्थ भ्रमणमा गएको संस्थाकी प्रवन्धक दीपा क्षत्रीको भनाई छ ।
विगतका वर्षहरुमा झैँ यस वर्ष यो तीर्थ भ्रमण कार्यक्रम गरिएको बताइएको छ ।
सो तीर्थ भ्रमण रमाइलो र उपलब्धीमूलक रहेको र यस भ्रमणमा गएका सबै जना खुशी हुनु भएको संस्थाकी उपाध्यक्ष थापाको कथन् छ । तनहुँको छाब्दीमा तीर्थ भ्रमणमा जाँदा नयाँ कुरा के पाउनु भयो भन्ने सहकारी सञ्जालको जिज्ञाशाको जवाफमा ‘ दमौलीमा जस्तै छाब्दीमा पनि गुफा रहेछ । यो अत्यन्त शान्त , रमणीय र आनन्ददायक ठाउँ रहेको , त्यहाँ पशु तथा पङ्छीको बली दिने र त्यो बली दिएको पङ्छी या पशुको मासु माछाले खाने चलन रहेछ । त्यहाँ माछालाई देउता मानिदो रहेछ । त्यही कारण त्यहाँको पोखरीमा माछा मारिदो रहेनछ’ उनले भनिन् ।
यसैगरी सो संस्थाको आयोजनामा नेफ्स्कुनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिनाको प्रमुख आतिथ्यता र उक्त संस्थाकी अध्यक्ष निर्जला दाहालको अध्यक्षतामा गएको पुस २३ गते एक दिवसीय सम्पति शुद्धिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । संस्थाकी उपाध्यक्ष पूजा थापाले स्वागत र सचिव पार्वती घिमिरे भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा सस्थाकी अध्यक्ष दाहालले यो कार्यक्रम गर्नुको उद्देश्य र आवश्यकताबारे प्रष्ट पारेकी थिइन् । संस्थाका सञ्चालक समिति तथा उप-समितिका सदस्यहरु सहभागी भएको कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिनाले प्रशिक्षण दिएका दिए । महिलाहरुद्वारा सञ्चालित सो संस्थाले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरिरहेको छ ।