बक्तृत्व कला र रक्तदानको तयारी गर्दै जनता साकोस

0 Shares

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका – ४ , दधिकोट चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ११औँ स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु गरिरहेको जनाएको छ । यसै क्रममा सो संस्थाको युवा विकास तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा २०७५ फागुन ४ गते दधिकोट चित्रपुरमा रहेको गणेश मन्दिरको प्राङ्गडमा सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका व्यापी विद्यालय स्तरीय ” समुदायमा सहकारी” शीर्षकमा बक्तृत्वकला कार्यक्रम गर्न लागेको त्यस संस्थाका व्यवस्थापक रेशमान राजथलाले बताए । त्यस सहकारी संस्थाको कार्यक्षेत्र रहेको सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्रका विद्यालयहरुका कक्षा १० सम्मका विद्यार्थीहरुले सो प्रतियोगितामा भाग लिन सक्ने व्यवस्थापक राजथला बताउछन् । यसै अवसरमा सो संस्थाको युवा विकस तथा अतिरिक्त क्रियाकलाप उप-समिति कै आयोजनामा २०७५ फागुन ११ गते शनिवार विहान १० बजेबाट दधिकोट चित्रपुरको  गणेश मन्दिर परिसरमा रक्तदान कार्यक्रम गर्ने तयारी भइरहेको उनले बताए । सोही सन्दर्भमा सो संस्थाले  यही माघ २० गते दधिकोट चित्रपुरमा रहेको गणेश मन्दिरमा सरसफाई तथा रात्रीकालीन दीपावली गर्नुका साथै त्यस संस्थाको तर्फबाट भक्तपुरमा रहेको मानव कल्याण केन्द्र , जसले वालवालिका तथा जेष्ठ नागरिकको हेरचाह , घरेलु हिंसामा परेका महिलाको उद्धार , दूर्वेसनीमा फसेका र हरेक उमेर समूहका मानिसहरुलाई परामर्श र आवश्यक सहयोग गरिरहेको छ ,  लाई आवश्यक सामाग्री हस्तान्तरण गरेको उनको कथन छ ।

त्यसै अवसरमा उक्त संस्थाको नारी तथा वालवालिका उप-समितिको आयोजनामा यही माघ ५ गते ५ वर्षभन्दा माथि र १७ वर्षभन्दा मुनि उमेरका ४४ जना वाल बचतकर्ताहरुलाई काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी मन्दिरमा बनभोज र नालामा रहेको ह्वाइट गुम्बाको अवलोकन भ्रमण गराएको सहकारी सञ्जाललाई उनले बताए ।

Leave a Reply