मेगाड्रिम सहकारीको एटीएम सेवा प्रभावकारी बन्दै

काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको तथा जोरपाटी , चावहिल , न्युरोड र कालीमाटीमा सदस्य सेवा केन्द्र सञ्चालन गरिरहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले यही माघ ११ गतेबाट आफ्ना सदस्यहरुलाई मध्यनजर गरी सञ्चालन शुरु गरेको एटीएम (ATM) सेवा प्रभावकारी बनिरहेको सो संस्थाले जनाएको छ । एससीटी (SCT) सेवा नेटवर्कबाट सञ्चालन भइरहेको सो एटीएम (ATM) सेवा अन्तर्गत देशभरका २२३ वटा एटीएम (ATM) बाट मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. का सदस्यहरुले पैसा निकाल्न सकिने सो संस्थाका प्रधान कार्यालय प्रमुख तथा कर्जा विभाग प्रमुख प्रदीप जोशीको भनाई छ ।
सो संस्था स्थापना भएको ८औँ वर्ष पूरा भई ९औँ वर्षमा प्रवेश गरेको अवसरमा यही माघ ११ गते उक्त संस्थाको प्रधान कार्यालय , माछापोखरीमा ३ नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र त्यस संस्थाका अध्यक्ष हुमकान्त न्यौपानेले सो एटीएम (ATM) सेवाको सञ्चालन शुरु गरेका थिए ।
सोही अवसरमा सो संस्थाको आयोजनामा त्यसै दिन संस्थाको प्रधान कार्यालय प्रांगडमा रक्तदान कार्यक्रम तथा काठमाडौंको गोंगबूमा रहेको बुलन्द सीडी हस्पिटल एण्ड ट्रमा सेन्टरको सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । त्यस अवसरमा ५० जनाले रक्तदान गरेका थिए भने १०० जनाको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
संस्था सञ्चालन शुरु भएको ९औँ वर्ष प्रवेश गरेको अवसरमा यही माघ १० गते काठमाडौंको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक ज्ञानबहादुर तामाङको उपस्थितिमा संस्थाको प्रधान कार्यालय माछापोखरीमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हुमकान्त न्यौपानेले राष्ट्रिय सहकारी बैंक लि. का नव-निर्वाचित अध्यक्ष के.वी. उप्रेतीलाई सम्मान गरेका थिए ।
त्यसै अवसरमा सो संस्थाले माघ १० गते काठमाडौंको जोरपाटीमा रहेको ब्राइटजोन इन्टरनेशनल स्कुलका विपन्न अवस्थाका १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा लत्ताकपडा वितरण गरेको थियो ।
संस्था स्थापना भएको ९औँ वर्षमा प्रवेश गरेको अवसरमा मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा सो संस्थाले यही माघ ५ काठमाडौंको जोरपाटीमा रहेको ब्राइटजोन फुटसलमा संस्थाको प्रधान कार्यालय , ४ वटा सेवा केन्द्र र सञ्चालक समिति गरी छ टीम वीच अन्तर सेवा केन्द्र स्तरीय फुटसल प्रतियोगिता सम्पन्न गरेको थियो । त्यस प्रतियोगितामा संस्थाको जोरपाटी सेवा केन्द्र प्रथम , चावहिल सेवा केन्द्र द्वितीय र कालीमाटी सेवा केन्द्र तृतीय भएका दिए ।