छहारी साकोसमा रेमिट सेवामा आकर्षण बढ्दै

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका – ४ , गाम्चा चोकमा रहेको छहारी बचत तथा ऋण सहकारी संस्था लि.ले गएको पुस १७ गतेबाट सञ्चालनमा ल्याएको आई.एम.ई.(IME) , हिमाल र प्रभु रेमिट सेवामा सेवाग्राहीको आकर्षण बढिरहेको सो संस्थाका व्यवस्थापक अजय अधिकारी बताउछन् ।
सो संस्थाका अध्यक्ष कृष्णहरि खड्का र सदस्य प्रवेश शंखदेवले एक कार्यक्रमका बीच संस्थाको कार्यालयमा ती रेमिट सेवाहरुको सञ्चालन शुभारम्भ गरेका थिए । सदस्यहरुको सेवालाई ध्यानमा राखी सञ्चालन शुरु भएको रेमिट सेवा प्रभावकारी ढंगबाट सञचालन भइरहेको बताइएको छ ।
आफ्नै तीनतले भवनबाट कारोवार गरिरहेको उक्त सहकारी संस्थाले गएको मंसिर १ गतेबाट आफ्ना सदस्यहरुलाई प्राइम लाइफ इन्स्योरेन्स क.लि. मा रु.१ लाख बराबरको दूर्घटना बीमा गराएको व्यवस्थापक अधिकारीको कथन छ ।
हाल उक्त सहकारी संस्थामा शेयर सदस्य ३२०९ , शेयर पूँजी रु.१,९९,२४,४०० , निक्षेप रु.१६,८९,६६,२६६ , कर्जा प्रवाह रु. १६,०३,७६,५८७ र कूल कारोवार रु. २०,९१,४३,९७४ रहेको उनले सहकारी सञ्जाललाई बताए ।