ने.वि.संघको केन्द्रीय तदर्थ समिति निर्माणको तयारीमा नेपाली काँग्रेस

0 Shares

नेपाली काँग्रेसको हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकमा नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति निर्माणबारे छलफल भएको जानकारी प्राप्त भएको छ । गएको सोमबार नैनसिंह महरले ने.वि.संघको अध्यक्ष पदबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समक्ष राजिनाम बुझाएका थिए । महरको राजिनाम स्वीकृत गरेका नेपाली काँग्रेसका सभापति देउवाले ने.वि.संघको केन्द्रीय तदर्थ समिति निर्माणबारे जानकारी दिएको बताइएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको हिजोको बैठकमा ने.वि.संघको अब बन्ने तदर्थ समितिलाई महाधिवेशन गर्न १ वर्षको समय दिने कि छ महिनाको भन्नेमा केन्द्रीय सदस्यहरु बीच मतभेद रहेको बुझिएको छ । ने.वि.संघको नयाँ विधानमा ३२ वर्षभन्दा मुनिको उमेरको सदस्य मात्रै अध्यक्ष बन्न पाउने प्रावधान रहेको बताइएको छ ।

 

Leave a Reply